search

spot_img
spot_img

२५ वर्षीया महिलालाई छिमेकीले बलात्कार गरेको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ असोज । पर्सामा एकजना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिकाको एउटा वडामा बलात्कारको घटना भएको हो ।

एकजना विवाहित २५ वर्षीया महिलालाई ४५ वर्षीय छिमेकीले बलात्कार गरेको आरोप लागेको छ । जाहेरी दर्ता नभएकोले पीडकको विवरण खुलाइएको छैन ।

गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर गाउँनजीकैको सरेहमा लागेर आफूमाथि जबरजस्ती गरिएको ती महिलाले आरोप लगाएकी छन् । प्रहरीसमक्ष घटना गत भदौ ३१ गते आइतवार मात्रै आएको हो । पीडित महिलाका सासू र ससुरा एक महीने तीर्थयात्रामा गएका तथा पीडकले ज्यान लिने धम्की दिएकाले उक्त महिला प्रहरीमा आउन ढिला गरेकी हुन् । आरोपितले एक महीना पहिलेदेखि आफूलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको र घरमा सो दिन बच्चा र नन्द मात्रै भएको बेला मुख थुनेर सरेहमा लगेर बलात्कार गरेको उनको भनाइ छ । पीडक अहिले फरार छन् । नातामा छिमेकी मामा पर्ने पीडक पक्षले पीडित महिलाको अर्कै केटासँग अनैतिक सम्बन्धको फोटो आरोपितले खिचेर गाउँमा हल्ला गरेपछि इबी साध्न महिलाले प्रयास गरिरहेको दाबी गरेको छ । तर पीडित महिलाका परिवारजनले पीडकले बलात्कार आरोपबाट उम्किन अन्य केटासँग पीडित महिलाको फोटो खिचेर घटनालाई अन्तै मोड्न खोजेको आरोप लगाएका छन् ।

यस विषयमा पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पीडित जाहेरी लिएर प्रहरीमा आएकोमा जाहेरी दर्ता गर्नको लागि चाहिने आधारहरूका बारेमा सत्यतथ्य बुझ्ने कार्य भइरहेको बताउँदै भोलि शुक्रवार पीडित महिलाको स्वास्थ्य परीक्षण गरी घटनामा संलग्न सबैलाई अनुसन्धानको दायरमा ल्याइ दोषी पत्ता लगाउने कार्य हुने बताए । उनले घटनाको वास्तविकता छानबीन गरी सत्यतथ्य बाहिर ल्याउने दाबी गरेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads