search

लोप भएको झुलन महोत्सवको संरक्ष्Fण गर्नुपर्छ– मेयर सिंह

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ असोज ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजबाट लोप भएको झुलन महोत्सवको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।

आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षण बाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

नव जनकल्याण युवा सञ्जालको आयोजनामा बिहीवार साँझ आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सञ्जालले कृष्ण अष्ठमीको अवसरमा वीरगंजबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।
महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

विगतमा कृष्ण जन्माष्ठमीका बेला भब्य रूपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो । सञ्जालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो । अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने सञ्जालका अध्यक्ष मो.सगिर अलिले बताउनुभयो । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा सञ्जालका अध्यक्ष अलिले जोड दिनु भयो ।

कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरवारका अध्यक्ष उमेशलाल सहनी, महानगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा.प्र.पा.का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads