मन्दीले वीरगंजका व्यवसायी सम्पर्कविहिन बन्दै

वीरगंज वीरगंजमा सटरको भाडाँ तिर्न नसक्दा व्यापारी सम्पर्क विहीन हुने व्यापारीहरु बढदै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, कस्मेटिक,मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको वीरगंज महानगरले जनाएको छ । महानगरका कर्मचारीहरुका अनुसार व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा उनिहरु व्यवसायबाट पलायान […]

मलंगवा घटनालाई लिएर वीरगंज बजार बन्द,मलंगवामा कर्फयू यथावत

वीरगंज सर्लाहीको मलंगवामा भएको घटनाको विरोधमा शनिबार दिनभर वीरगंज बजार बन्द भएको छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् । बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि दिनभर ठप्प रहे । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ । बन्दको कार्यक्रम सफल […]

मालपोत र नापी कार्यालयमा फर्जी काम हुन नदिन लेखापढी व्यवसायीको भूमिका महत्वपूर्ण– मन्त्री चौधरी

वीरगंज, ६ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले लेखापढी पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको चितवनमा उदघाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महŒवपूर्ण भूमिका रहने बताइन् । […]

मलंगवा घटनाको वीरगंजमा विरोध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

वीरगंज ६ असोज । गणेश भगवानको मुर्ति सेलाउने क्रममा सर्लाहीको सदरमुकाम मलङ्गवामा गणेश चतुर्थीको दिन मुर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायले हिन्दु माथि गरेको साङ्घातिक आक्रमणको बिरोधमा हिन्दु समाजले शनिवार वीरगंज बजार बन्द गरेर दोषीमाथि कडा कारवाहीको माग गरेको थियो । हिन्दु समाजले वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस अगाडीबाट निकालेको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरी घन्टाघरचोकमा […]

स्वच्छ र व्यवस्थित भिस्वा अभियान अन्तर्गत भिस्वामा सडकपेटीमा डस्टबिन राखियो

भिस्वा, ६ असोज । स्वच्छ तथा व्यवस्थित भिस्वा अभियानको लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सडकपेटीमा डस्टबिन राखिएको छ । २० वटा डस्टबिन भिस्वाका सडकमा राखिएको छ । भिस्वावासीको सहयोगले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का युवा नेता शारूख मन्सुरी, भिस्वा प्रहरी कार्यालयको प्रहरी नायब निरीक्षक रूद्र भट्ट, सशस्त्र प्रहरी बल, जन सहयोग बचत तथा […]

पर्साबाट छुटेका दुई ट्रकसहित ८३ लाख सामान बारा प्रहरीद्वारा नियन्त्रण

वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते राति १ः३० बजे जितपुर सिमरा उ.म.न.पा. ७ मा प्रहरीको विशेष टोलीले सूचनाको आधारमा वीरगंजबाट रौतहट जादै गरेको ना.३.ख.४४९१ नं. को ट्रक चेक जाँच गर्दा बिलबिजकभन्दा बढीको बत्तिस लाख छ […]

सङ्घीयतालाई बुझ्न मधेस आएको हुँ –रास्वपा पूर्वमन्त्री अर्याल

वीरगंज, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्व श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले सङ्घीयताको प्रतिफल बुझ्न मधेस आएको बताएका छन् । उनले तीन दिने पर्सा भ्रमणको क्रममा विभिन्न स्थानीय तहमा पुगेर यहाँका समस्याबारे सर्वसाधारणसँग जानकारी प्राप्त गरी मधेसलाई बुझ्ने प्रयास गर्ने बताए । वीरगंजमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेसका […]

बारामा अन्तरजातीय विवाह गरी बच्चा जन्माएकी महिलाको बिजोग

वीरगंज, ६ असोज । बारामा एकजना महिला अन्तरजातीय विवाह गरी बिचल्लीमा परेकी छन् । बारा, कलैया उपमहानगरपालिका वडा नं २३ की २० वर्षीया महिला बिचल्लीमा परेकी हुन् । दुई वर्षअघि सोही वडाका एकजना युवकसँग भागेर अन्तरजातीय विवाह गरेकी उक्त महिलाको नौ महीनाको छोरा छ । तर पतिको घरपरिवारले आफूलाई नस्वीकार्दा आफू समस्यामा परेको बताएकी छन् । […]