search

spot_img
spot_img

सङ्घीयतालाई बुझ्न मधेस आएको हुँ –रास्वपा पूर्वमन्त्री अर्याल

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्व श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले सङ्घीयताको प्रतिफल बुझ्न मधेस आएको बताएका छन् । उनले तीन दिने पर्सा भ्रमणको क्रममा विभिन्न स्थानीय तहमा पुगेर यहाँका समस्याबारे सर्वसाधारणसँग जानकारी प्राप्त गरी मधेसलाई बुझ्ने प्रयास गर्ने बताए ।

वीरगंजमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेसका मुद्दा बुझेपछि मात्रै मधेसबारे पार्टीको धारणा स्पष्ट पार्ने बताउँदै उनले भने, “मधेसले के चाहेको छ ? मधेसका मुद्दाहरू के के हुन् ? यसबारेमा पार्टीले बुझ्ने काम गरिरहेको छ ।”

अर्यालले पुराना वा ठूला भनिएका राजनीतिक दलले अहिलेसम्म मधेसलाई बुझ्नै नसकेको रास्वपाको निष्कर्ष रहेको पनि बताए । उनले भने, “त्यही कारणले उनीहरूले मधेसलाई माया दिन सकेका छैनन् । मधेसका मुद्दा सम्बोधन गर्न सकेका छैनन् ।” अहिले मधेसका आठवटै जिल्लामा रास्वपा सङ्गठन विस्तारको अभियानमा लागेको जानकारी पनि गराए । अर्यालले संविधान संशोधनका लागि रास्वपाले संसद्मा जोडदार ढङ्गले आवाज पनि उठाउने बताए । संविधानमा केही कुरा असाध्यै राम्रा पनि छन् । तर धेरै कुरा सच्याउनुपर्ने पनि छन् । त्यस कारण संविधान संशोधन गर्नुपर्छ । यो रास्वपाको स्पष्ट धारणा पनि हो, उनको भनाइ थियो ।

सङ्घीयताबारेमा रास्वपामा अहिलेसम्म कुनै बहस नभएको उनले बताए । उनले भने, “सङ्घीयताकै कारणले देश सकियो, यो खारेज हुनुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिंदैछ । तर रास्वपामा भने सङ्घीयता राख्ने कि हटाउने भन्ने विषयमा आजसम्म बहस नै भएको छैन ।” राजतन्त्र र राजा फर्काउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उपसभापति अर्यालले नेपालमा अब राजा वा राजतन्त्रका बारेमा बहस गर्नु आवश्यक नै नभएको बताए । उनले भने, “पूर्वराजालाई राजनीतिमा फर्कने चाहना नै छैन । तर केही दल उनको नाम भजाएर राजतन्त्र फर्काउने भन्दै सडकमा उफ्रिरहेका छन् ।”

रास्वपाका सदस्य मुर्ली जालानको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाकी मधेस प्रदेश सदस्य तुलसा पौडेल अधिकारी, नेताहरू शेखर अग्रवाल, दीपेन्द्र साह, नवलकिशोर साह, प्रकाश साहलगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads