search

spot_img
spot_img

मलंगवा घटनाको वीरगंजमा विरोध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

पढ्न छुटाउनुभयो ?

वीरगंज ६ असोज । गणेश भगवानको मुर्ति सेलाउने क्रममा सर्लाहीको सदरमुकाम मलङ्गवामा गणेश चतुर्थीको दिन मुर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायले हिन्दु माथि गरेको साङ्घातिक आक्रमणको बिरोधमा हिन्दु समाजले शनिवार वीरगंज बजार बन्द गरेर दोषीमाथि कडा कारवाहीको माग गरेको थियो । हिन्दु समाजले वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस अगाडीबाट निकालेको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरी घन्टाघरचोकमा पुगेर बिरोध प्रदर्शनमा परिणत भएको थियो । मलङ्गवामा हिन्दुमाथि आक्रमण गर्ने माथी कडा कारवाही गर्न, हिन्दुको सुरक्षा गर्न माग गर्दै प्रदर्शनकारी हिन्दु समाजले नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले घन्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी भीडलाई तितरबितर पारेको थियो । वीरगंजको मुख्य बजारसहित भित्री बजार समेत बन्द भएको थियो । बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि ठप्प छन् । साँझसम्मको लागि मात्रै समर्थन स्वरूप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ । शनिवार वीरगंज महानगरपालिकाका सम्पूर्ण पसल बन्द गराई हिन्दू संगठनले बृहत मोटरसाइकल -यालीको निकालेका छन् । वीरगंजको चौक चौकमा टायर बालेर प्रदर्शन गर्दै हिन्दुवादीहरूले मुख्यमंत्री राजीनामा दे, हिन्दू राष्ट्र कायम गर, मलंगवामा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाई गर भन्दै विभिन्न किसिमका नारा सहित र्याली निकालेर प्रदर्शन गरेका छन् ।
वीरगंजको गहवामा मुस्लिमले आफ्नो झन्डा प्रदशन गरेपछि तनाव वीरगंज बजार बन्द गराएको अवस्थामा मुस्लिम समुदायले आफ्नो झन्डा प्रदशन गरेपछि केही बेर तनाव सृजना भएको थियो । हिन्दु समाजले बजार बन्द गरेको अवस्थामा वीरगंज महानगर पालिका वडा नम्बर–८ गहवामा मुस्लिम समुदायले आफ्नो झन्डा राखेको देखेर हिन्दुहरूले हटाउन भन्दा मुस्लिमहरूले नहटाएर बिबाद गरेपछि झडपको स्थिति सृजना भएको थियो । प्रहरी प्रशासनले हस्तक्षेप गरी विवाद समाधान गराइ सुरक्षा ब्यवस्था कडा बनाएकोले अप्रिय घटना भने हुन पाएन ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads