search

spot_img
spot_img

मालपोत र नापी कार्यालयमा फर्जी काम हुन नदिन लेखापढी व्यवसायीको भूमिका महत्वपूर्ण– मन्त्री चौधरी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले लेखापढी पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको चितवनमा उदघाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महŒवपूर्ण भूमिका रहने बताइन् ।
तपाईहरूले मालपोत, नापी र सेवाग्राहीको पुलका रूपमा काम गरेका छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस, उनले भनिन। सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तरक्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताइन् ।
उनले भनिन,’तपाईहरूलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।’ मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिन शुरू गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महŒवपूर्ण भूमिका रहने बताइन् ।
मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिइन। मालपोत र नापीको कामलाई थप व्यवस्थित गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।
एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा शुरू भएको बैठक आइतवारसम्म सञ्चालन हुनेछ । बैठकमा देशभरबाट एक हजार तीन सयको सहभागीता रहेको छ । बैठकले विधान संशोधनलगायतका विषयमा छलफल गर्नेछ । बैठकले चितवन घोषणापत्र जारी गर्ने सुरेन्द्रप्रसाद यादवले जानकारी गराएका छन् ।
कार्यक्रममा नेपाल वार एशोसिएसनका महासचिव अजिता खनाल, वार पूर्वमहासचिव लीलामणि पौडेल, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, न्यायिक समितिका संयोजक कृष्णप्रसाद ढुङ्गानालगायतले लेखापढ व्यवसायमा देखिएका कानुनी समस्या तथा समाधानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका वारेमा धारणा राखेकी थिइन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads