search

spot_img
spot_img

श्रीसियावासीले मुआब्जाको लागि असोज १४ गतेदेखि चक्काजाम गर्ने अल्टिमेटम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज वीरगंज–२५ श्रीसियावासीले सरकारलाई मुआब्जा वितरणको लागि नेपाल सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । अल्टिमेटम अवधी भित्र मुआब्जा वितरण नभए असोज १४ गतेदेखि ड्राईपोर्ट भन्सार अगाडि चक्काजाम गर्ने तयारी गाउँलेले गरेको जनाएका छन् । वीरगंज महानगरको वडा नं २५ को वडा कार्यालयमार्फत श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय र नेपाल सरकारलाई बुझाइएको ज्ञापन पत्रमा तीन सुत्रीय माग राख्दै ७ दिने अल्टिमेटम दिइएको हो । आईतवार वडा कार्यालयमै गाउँलेको भेलाले नयाँ मुआब्जा संघर्ष समिति गठन गरेको छ । अब नयाँ सिराबाट संर्घषको कार्यक्रम अघि बढाउन गाउँ भेलाबाट अशोक चौधरीको अध्यक्षतामा २१ सदस्यी मुआब्जा संघर्ष समिति गठन गरिएको छ । नयाँ समितिको उपाध्यक्षमा सन्जय पटेल,सचिवमा विजय तिवारीलगायत रहेको जनाइएको छ । सरकारले भन्सार कार्यालय विस्तारको लागि गत २०७३ सालमा श्रीसियावासीको ६२ विघा अधिग्रहण गर्न जग्गा रोक्का गरेको थियो । मुआब्जाको लागि करिब साढे ५ अर्बभन्दा बढि रकम आवश्यक पर्छ । जस मध्ये रु ३ अर्ब जति रकम नेपाल सरकारले वितरण गरिसकेको छ भने अढाई अर्ब भन्दा बढि वितरण गर्न बाँकी छ । पछिल्लो आन्दोलनको वार्ता अनुसार २०८० भदौ मसान्त सम्म नेपाल सरकारले बाँकी सबै मुआब्जा वितरण गर्ने प्रतिबद्धता गरेको थियो । भन्सार कार्यालयका अधिकारीमार्फत भएको वार्तामा सो किसिमको सहमति भएको थियो । तर सो बमोजिम नभएकोले फेरी मुआब्जा माग गर्दै आन्दोलन घोषणा गरिएको मुआब्जा संघर्ष समितिका अध्यक्ष चौधरीले बताए । समितिले असोज १३ गते सम्म बाँकी मुआब्जा वितरण भएन भने असोज १४ गतेदेखि भन्सार कार्यालय अगाडि धर्ना कार्यक्रम अघि बढाउने बताइएको छ । मुआब्जा संघर्ष समितिले जग्गालगायत सम्पूर्ण भौतिक सम्पतिको मुआब्जा रकम एकमुष्ट निकासा गरी भुक्तानी गर्न,२०७३ सालदेखि जग्गा रोक्का भएकोले स्वबासी घर जग्गा दर्ता सम्बन्धित समितिमा दर्ता हुन नसकेको घडेरीको मुआब्जा सहज र्ढगले भुक्तानी गर्न र बृद्धि गरिएको कट्टा गरिएको लाभकर फिर्ता गर्न गरी तीन सुत्रीय माग गरिउको छ । श्रीसियावासी मध्ये ७०–८० जनाले अझै मुआब्जा पाउन बाँकी रहेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads