search

spot_img
spot_img

४४ औं विश्व पर्यटन दिवसः वीरगंज नाकामा पर्यटकलाई स्वागत

पढ्न छुटाउनुभयो ?

वीरगंज,१० असोज । ४४ ओैं विश्व पर्यटन दिवसको अवसरमा बुधवार वीरगंज नाकाबाट भित्रिएका पर्यटकहरूलाई स्वागत गरिएको छ ।
होटल तथा पर्यटन व्यावसायी संघ वीरगंज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय वीरगंजले वीरगंजको शंकाराचार्य गेटमा भारतबाट घुम्न नेपाल आएका पर्यटकहरूलाई स्वागत गरेको हो ।
बुधवार बिहान भारतको गोपालगञ्जबाट आएका चार जना पर्यटकहरूलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
नेपालको अर्थतन्त्रको प्रमुख आधार मध्य पर्यटन क्षेत्र पनि एक भएपनि पर्यटन क्षेत्र अझै राज्यले उपेक्षा गरेको होटल तथा पर्यटन व्यावसायीहरूको गुनासो छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएको उनीहरूको भनाइ छ ।
नाकामा पर्यटकहरूलाई स्वागत गर्न पुगेको टोलीमा संघका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका सचिव पन्त, संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुबेर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरी लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads