एक करोड ३० लाखभन्दा बढीको सामानसहित चार वटा ट्रक नियन्त्रणमा

वीरगंज, ११ असोज । प्रहरीले बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ। बिहीवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाडौंसहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। वीरगञ्जबाट काठमाडाँै जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा.३५ लाख २७ हजार ४७४, बा.४.ख ११२५ […]

मोहम्मद डेको अवसरमा सरबत वितरण

वीरगंज, ११ असोज/पैगम्बर मोहम्मदको १४९८औ जन्मोत्सवको अवसरमा नव जनकल्याण युवा सञ्जाल, एनबी फाउन्डेशन र निर्मल जलद्वारा श्रद्धालुहरूलाई सरबत वितरण गरिएको छ । सरबत वितरण कार्यक्रमपछि सञ्जालद्वारा उक्त स्थानको सरसफाइ पनि गरिएको थियो । सञ्जालका अध्यक्ष अलीको नेतृत्वमा भएको कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष प्रीति तिवारी, दिलखुश देवान, राजु गुप्ता, अंकित मिश्रा, सुसील साहलगायतको उपस्थित थियो ।

मुख्यमन्त्रीलाई धम्की दिने चिकित्सक पक्राउ

जनकपुरधाम,११ असाेज । जनकपुरधाममा सामाजिक सद्भाव भड्काउने खालको स्टाट्स लेख्ने चिकित्सलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक डाक्टर अरुण झालाई पक्राउ गरेको हो ।फेसबुकमा झाले मुख्यमन्त्रीलाई कालाेमाेसाे दल्ने चेतावनीसहितकाे स्टाटस लेखेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विगत केही दिनदेखि सर्लाहीकाे मलंगवामा […]

आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट

रौतहट,११ असाेज । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । गएराति भएको आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए । स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। डिएसपी […]

चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो । बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले […]

मोहम्मद डे को अवसरमा वीरगंजमा र्याली

वीरगंज,११ असोज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बिहीवार वीरगंजमा र्याली निकालिएको छ । इस्लाम धर्मावलम्बीहरूले छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको र्याली नगरपरिक्रममा गर्दै घण्टाघरमा पुगेको थियो । घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरूले नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई समापन गरेको थियो । मोहम्मद डेको अवसरमा […]