वीरगंजमा डेंगीका बिरामी बढयो

वीरगंज वीरगंज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगंज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगंजका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका […]
शिक्षकसँग भएका सहमति सरकारले कसरी गर्छ पूरा ?

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले असोज १४ गते बसेको प्रतिनिधिसभा बैठकमा पेस गरेको उक्त विधेयक सार्वजनिक भएसँगै नेपाल शिक्षक महासंघ लगायतका शिक्षक संघ संस्थाहरूले आन्दोलन गरेका थिए । असोज २ गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, […]
पूर्वसभामुख महरालाई सिआईबीले गरायो बयान कागज्

काठमाडौं विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गराएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरासँग बयान कागज गराएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]
अमेरिकी राष्ट्रपतिको दौडमा भारतीय मूलका ३८ वर्षीय कलाकार विवेक

काठमाडौं भारतीय मूलका विवेक रामास्वामी अमेरिकामा रिपब्लिकन पार्टीबाट सन् २०२४ को राष्ट्रपति पदको उमेदवार बन्ने दौडमा छन् । ३८ वर्षीय युवा करोडपती रामास्वामीका आमाबुवा दक्षिणी भारतबाट अमेरिका गएका थिए । सन् १९९५ को अगस्ट ९ मा उनी अमेरिकाको ओहायोमा जन्मेका थिए । हिन्दु परिवारमा जन्मे, हुर्केका रामास्वामीले पढाइ भने क्याथोलिक माध्यमिक विद्यालयमा गरेका थिए । […]
राज कुन्द्राले खोले मास्क लगाएर सार्वजनिक स्थलमा जानुको कारण

एजेन्सी मुम्बई ९० को दशकमा चर्चित अभिनेत्री शिल्पा शेट्टीले हिरा व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । शिल्पाका श्रीमान केही समयदेखि गलत कारणले चर्चामा छन् । वास्तवमा जुलाई २०२१ मा उनलाई जेल पनि जानु परेको थियो । त्यसपछि उनी प्रायः मास्कले मुख लुकाउँछन्। उनले किन यस्तो गर्छन् ? भन्ने बारेमा फ्यानहरुले धेरै चर्चा गरे तर […]
भारतसंग खेल नजिते पनि सबैको मन जित्यो नेपाली क्रिकेट टोली

वीरगंज नेपाली क्रिकेट टोली एसिया कपको क्वाटरफाइनलबाट बाहिरिएको छ । चीनको हाङजाउमा जारी एसियन गेम्स अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा […]
बझाङमा दोस्रोपटक ६.३ म्याग्निच्युडको भूक्मप, भौतिक संरचनामा क्षति

वीरगंज बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्न २६ मिनेटको अन्तरमा बझाङमा दोस्रोपटक भूकम्प गएको हो । अपराह्न ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट घरहरु भत्किएका छन्। यस्तै विद्यालयहरुमा पनि क्षति […]
चालू आवमा आर्थिक वृद्धि दर ३.९ प्रतिशत मात्रै

वीरगंज विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । नयाँ आयोजनाहरू सञ्चालन गरी जलविद्युत उत्पादनको निरन्तर विस्तारले औद्योगिक क्षेत्रमा बलियो […]
ड्राईपोर्टको मुलगेटमा चक्काजाम जारी,सरकारद्वारा मुआब्जामा ढिलाई

वीरगंज वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुलगेटमा आज तेस्रो दिन पनि चक्काजाम जारी छ । पूर्व घोषित कार्यक्रम अन्तर्गत वीरगंज–२५ सिर्सियावासीले धर्ना शुरु गरेका हुन् । आईतबार विहान ९ बजेदेखि मध्यान्ह १२ बजे सम्म धर्ना दिएका थिए भने अहिले हरेक दिन धर्नाको अवधीमा एक घण्टा बढाउदै लगिएको छ । २०७३ सालमा नेपाल सरकारले ड्राईपोर्ट विस्तारको लागि […]
बुहारीको हत्याको आरोपमा जेठाजुसहित तीनजना पक्राउ

वीरगंज, १६ असोज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले मंगलवार पत्रकार सम्मेलन गरी असोज २ गते कान्ती देवी बिनको हत्यामा संलग्न दुई जेठाजुसहित तीनजनालाई सार्वजनिक गरेको हो । असोज २ गते दिउँसो ३ः०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा […]