search

spot_img
spot_img

ड्राईपोर्टको मुलगेटमा चक्काजाम जारी,सरकारद्वारा मुआब्जामा ढिलाई

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुलगेटमा आज तेस्रो दिन पनि चक्काजाम जारी छ । पूर्व घोषित कार्यक्रम अन्तर्गत वीरगंज–२५ सिर्सियावासीले धर्ना शुरु गरेका हुन् । आईतबार विहान ९ बजेदेखि मध्यान्ह १२ बजे सम्म धर्ना दिएका थिए भने अहिले हरेक दिन धर्नाको अवधीमा एक घण्टा बढाउदै लगिएको छ । २०७३ सालमा नेपाल सरकारले ड्राईपोर्ट विस्तारको लागि सिर्सिया गाउँको ६२ विघा जग्गा अधिग्रहण गर्न रोक्का गरेको थियो ।जस मध्ये नेपाल सरकारले ३ अर्ब मुआब्जा दिइसकेको छ । बाकी करिब अढाई अर्ब आवश्यक छ । सरेहको खेतको मुआब्जा करिब ७१ जनाले पाएका छैनन भने ९० जना स्थानीय स्वबासी जग्गाको मुआब्जा नपाएको मुआब्जा संघर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताए ।

पटकपटक मुआब्जाको लागि स्थानीय आन्दोलित हुदाँ सरकारले कनिका छरेझै मुआब्जा रकम पठाउने गरेकोले विगत ७ वर्षमा मुआब्जाको विवाद नसुल्झिएको उनले बताए । अहिले संघर्ष समितिलृ तीन सुत्रीय माग राख्दै धर्ना शुरु गरेकोमा यदि सरकार गम्भीर भएन भने हरेक दिन एक–एक घण्टा धर्ना अवधी बढाउदै जाने र एक सातापछि पूर्णरुपमा ड्राईपोर्ट ठप्प पार्ने आफुहरुको तयारी रहेको अध्यक्ष चौधरीको भनाई छ ।

संघर्ष समितिले बक्यौता सबै रकम एक पल्ट सरकारले पठाउनु पर्ने,स्ववासी जग्गाको मुआब्जा पाउनु पर्ने,२.५ प्रतिशतबाट वृद्धि गरिएको ५ प्रतिशत लाभकरको रकम सरकारले फिर्ता गर्नु पर्ने माग स्थानीयको छ । सरकारले जग्गा रोक्का राखी मुआब्जाको समस्या समाधान नगर्दा सयौ गाउले अहिले मर्कामा परेका छन् । ’गाउलेले जग्गा बेच्न पाएका छैनन्,घर अन्तै बनाउन पाएका छैनन,बैकिङ कारोबार गर्न पाएका छैनन्,’उनले भने ,’हामी यस्तै पनि मरिरहेका छौ,उस्तै पनि मरिरहेका छ,अब फाइनल निकास चाहियो ।’

अब सरकारले कुल सरेहको कुल जग्गाको २५ प्रतिशत ,स्वबासी जग्गा र घर तथा भौतिक पुर्वाधारक‍ो मुआब्जा दिन मात्रै बाकी छ । सरकारले गाउलेको समस्या यथासिघ्र समाधान गर्नेतर्फ पहल गर्न धर्नामा बसेका वीरगंज–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदिले आग्रह गरे ।यस विषयमा मुआब्जा मागको लागि माथिल्लो निकायमा जानकारी गराइसकिएको र एक हप्ता भित्र समस्या समाधान गर्न पहल गर्ने बताए । भन्सार विभागका महानिर्देशक र अर्थ मन्त्रीलाई समेत जानकारी गराएको छु,मुआब्जा रकम ल्याउन प्रयास गर्नेछु,उनले भने ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads