search

spot_img
spot_img

भारतसंग खेल नजिते पनि सबैको मन जित्यो नेपाली क्रिकेट टोली

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपाली क्रिकेट टोली एसिया कपको क्वाटरफाइनलबाट बाहिरिएको छ । चीनको हाङजाउमा जारी एसियन गेम्स अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो। पराजयसँगै नेपाल एसियन गेम्सबाट बाहिरिँदा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

झेजिआङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भएको खेलमा भारतका लागि जसवालले सर्वाधिक १०० रन बनाए। यस्तै, रुतुराज गाइक्वड र शिवम दुबेले समान २५ रन बनाए। त्यस्तै रिंकु सिंह ३७ रनमा अविजित रहे। बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिए। विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाली खेलाडीले भारतीय बलरविरुद्ध डटेर ब्याटिङ गरे। ३.४ ओभरमा आशिफ शेख १० रन बनाएर आउट हुँदा कुशल भुर्तेलले २८ रन बनाएर साइ किशोरको बलमा आभेस खानबाट क्यचआउट भए। त्यस्तै कुशल मल्ल र सुन्दीप जोराले समान २९ रन बनाउँदा कप्तान रोहित पौडेलले ३ रन बनाए।

नेपालको धर्मराएको ब्याटिङलाई दीपेन्द्रसिंह ऐरीले उकास्ने प्रयास गरेका थिए। उनले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ छक्काको सहायतामा ३२ रन बनाए। त्यस्तै करण केसी १८ रनमा अविजित रहे। । समूह चरणमा नेपालले माल्दिभ्स र मंगोलियासँग खेलेको थियो। पहिलो खेलमा चारवटा महत्वपूर्ण विश्व कीर्तिमान बनाउँदै नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटियो।

दोस्रो खेलमा अभिनास बोहोराको सानदार प्रदर्शनमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको थियो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भएको थियो।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads