search

कर्मचारीको आन्दोलनको कारण अढाइ महीनादेखि ठप्प भएको सिम्रौनगढ अस्पताल भोलिदेखि सञ्चालनमा आउने

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असोज । अढाइ महीनादेखि बन्द रहेको सिम्रौनगढ नगर अस्पताल बिहीवारदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
करारका कर्मचारीहरुले म्याद थप र तलबभत्ताको माग गर्दै अढाइ महीनादेखि अस्पताल ठप्प पारेका थिए । जसको कारण बिरामीलाई निकै सास्ती भोग्नुपरेको थियो । आज बारा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढले सिम्रौनगढ नगरपालिकामा तालाबन्दी गर्न खोजेपछि उपप्रमुख नजमु शेहरले भोलिदेखि अस्पताल सञ्चालन गर्ने निर्णय सुनाएकी थिइन् ।
गत शनिवार संघले तीन दिनभित्र अस्पताल सञ्चालनको माग गर्दै नगरप्रमुख किशोरीप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएको थियो । तीन दिनपछि पनि अस्पताल सञ्चालनमा नआएपछि बारा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढले अध्यक्ष लालबाबु कुशवाहाको नेतृत्वमा गएको टोलीले नगरपालिकामा तालाबन्दी गर्न खोज्दा उपप्रमुख शेहरले भोलिदेखि अस्पताल सञ्चालन गर्ने बताएका थिए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads