search

श्रीसीयामा ४५ दिने सिलाइ कटाइ तालिम शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ। वीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र बीरगंजको आयोजनामा सो तालिम भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आयआर्जनमा टेवा पुग्ने उदेश्यले तालिम आयोजना गरेको बताए। उनले भने,’ घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा राहत होस् भन्ने योजना रहेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउनु र घर परिबार समाजमा उपयोग गर्न आवश्यक छ। तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी ,महिला वडा सदस्य फुलेनिया देवी,तेतरी देवी,जगदीश साह तुरहा,बँका पटेल, प्रशिक्षक राधा चौधरी ,सहायक प्रशिक्षक लक्ष्मी शर्मा र रन्जना देवीको सहभागिता थियो ।तालिममा ३० जना महिला सहभागीहरुको उपस्थिती रहेको थियो।सरिता सीप कला केन्द्र वीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो,भने कार्यक्रमको सहजिरण बंशीधर गुप्ताले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads