search

spot_img
spot_img

नेशनल पानी उद्योगमा प्रशासनको सिलबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असोज/
बारा, प्रसौनी गाउँपालिका–३ स्थित नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय, बाराले सिलबन्दी गरेको छ ।
कलैयास्थित बिक्री वितरण गरिएको उद्योगको एउटा बोतलमा माकुरा भेटिएपछि अनुगमन गर्दै प्रशासनले उद्योगमा सिलबन्दी गरेको हो । जिप्रका, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले उद्योगमा सिलबन्दी गरेको र उद्योगका सञ्चालक विजय यादवलाई नियन्त्रणमा लिएको थियो ।
सहायक प्रजिअ आचार्यका अनुसार उपभोक्ताले स्वास्थ्यको ख्याल गर्दै प्रशोधित बोतलको पानी खाने गरे तापनि सावधानी अपनाउन आग्रह गरे । उनले सिलबन्द बोतलको पानीमा माकुरा भेटिनु र यसले जनताको स्वास्थ्यसँग उद्योगले खेलवाड गरेपछि कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।
उद्योग अनुगमन गर्ने क्रममा नेशनल पानीको तीनवटा लोगो भेटिएको, उद्योगमा जथाभावी फोहर फालिएको, उद्योगले प्रशोधित पानी भर्ने खाली बोतलहरू व्यवस्थित नरहेकोसमेत पत्ता लागेको छ ।
पानी उद्योगको मापदण्ड र नियमविपरीत सञ्चालित सो उद्योग भेटिएकोले सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको बाराका सहायक प्रजिअ आचार्यको भनाइ छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads