पुनम देवीको हत्या प्रकरणः प्रहरी अनुसन्धान शुरु

वीरगंज, १९ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा आज बिहान धारिलो हतियार प्रहारबाट पुनम देवीको हत्या भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोमा धारिलो हतियार प्रहार गरी पुनमको हत्या गरिएको प्रहरी स्रोतले जनाएको छ । पुनमको टाउकोमा ४–५ ठाउँमा गम्भीर चोट लागेको र धेरै रगत बगेर पनि जीवित […]

आरती हत्या प्रकरण : पती र ससुरा साधारण तारेखमा रिहा

वीरगञ्ज असोज १९ । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पति र ससुरा उच्च अदालत जनकपुरको आदेशमा रिहा भएका छन् । उच्च अदालत जनकपुरको आदेशमा पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडी साधारण तारेखमा रिहा भएका हुन् । मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई […]

सम्यक होटेलकी सञ्चालकमाथि दिनदहाडै छुरा हान्ने प्रयास

वीरगञ्ज असोज १९ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित एक होटेल सञ्चालकमाथि दिनदहाडै छुरा प्रहारको प्रयास भएको छ । उपमहानगरपालिकास्थित सिमरा बजारको मुख्य चोकमा रहेको होटेल सम्यक सञ्चालन गरेर बस्दै आएकी मिरा थापा तुलाधरमाथि बिहीबार दिउँसै करिब २ बजेको समयमा छुरा प्रहारको प्रयास भएको हो । स्थानीय अन्दाजी ४५ वर्षका विनय केसीले तुलाधरलाई ‘मार्छु’ भन्दै होटेलमै पसेर […]

धारिलो हतियार प्रहार गरी वीरगंजमा एक महिलाको हत्या

वीरगंज, १९ असोज । वीरगन्ज वडा नं १ बजार छपकैया मा आफ्नै घरमा एक महिलाकाे हत्या गरिएको छ। बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहकाे हत्या गरिएको हो शुक्रबार बिहान टाँउकाेमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियाे । र त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल […]

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौँ, १९ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित […]

शुक्रबार नयाँ चलचित्र ‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ, १९ असोजः नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिनुभयो । उहाँले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विषयवस्तुअनुसार नै हामीले यो समयमा चलचित्र प्रदर्शन गरेका छौँ । […]