search

सम्यक होटेलकी सञ्चालकमाथि दिनदहाडै छुरा हान्ने प्रयास

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज असोज १९ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित एक होटेल सञ्चालकमाथि दिनदहाडै छुरा प्रहारको प्रयास भएको छ ।
उपमहानगरपालिकास्थित सिमरा बजारको मुख्य चोकमा रहेको होटेल सम्यक सञ्चालन गरेर बस्दै आएकी मिरा थापा तुलाधरमाथि बिहीबार दिउँसै करिब २ बजेको समयमा छुरा प्रहारको प्रयास भएको हो ।
स्थानीय अन्दाजी ४५ वर्षका विनय केसीले तुलाधरलाई ‘मार्छु’ भन्दै होटेलमै पसेर आक्रमणको प्रयास गरेका थिए । होटेलमा रहेको सिसी टिभी क्यामेरामा देखिएको भिडियोमा उनले छुरा लिएर आक्रमणको प्रयास गरेको प्रस्टसँग देख्न सकिन्छ ।
यद्यपि केसीको आक्रमणबाट तुलाधर जोगिएकी छन् । भाग्न सफल भएपछि उनी जोगिएको प्रहरीले जनाएको छ ।
घटना पश्चात् स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी हाम इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads