search

spot_img
spot_img

पर्साको एउटा प्रांगारिक मल उद्योगबाट वार्षिक ६ करोडको कारोबार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । कृषि उपज स्वस्थकर उब्जाउनु पर्छ भन्ने चेतनाको स्तर बढ्दो छ। यसका लागि माटोमा रासायजिक मलको मात्रा घटाउन चाहन्छन् किसान। यस्तो हुँदा पर्साको एक मल उद्योगको कारोबार विस्तारै बढ्दै छ।
गोबर, घाँसपास र गड्यौलाबाट प्रांगारिक मल बनाउन सुरु गरेको उद्योग राम्रो कारोबार गरेको हो। वीरगंज-२४ रामगढवास्थित क्याप्टेन फर्म प्रालिले प्रांगारिक मलबाट एकै वर्षमा ६ करोडको कारोबार गरेको हो।
राइस मिल छाडेर मलको कारखाना व्यवसायी तारा प्रसादले चलाएका हुन्। ८ वर्षदेखि सञ्चालित प्रांगारिक मलको उक्त उद्योगले गत वर्षदेखि राम्रो व्यापार गरेको हो।
तीन जना कामदारबाट सुरु उद्योगमा हाल २५ जना छन्। सुरुवातमा पर्सा जिल्लाका बजारमा मात्रै मल बेचेको उद्योगको बजार बर्सेनि विस्तार भएको छ। ‘रासायनिक मल चाहिएका बेला सजिलै पाइदैन, त्यही भएर प्रांगारिकको बजार बढेको हो‚’ तारा प्रसाद भन्छन्। उद्योग सुरुवाताका वर्ष उनले मलको उपयोगिता थाहा पाउन किसानलाई नमुना सितैं पनि बाँडेका पनि थिए। उनको उद्योगले उत्पादन गरेको मलले विस्तारै बजारमा ठाउँ पायो।
गोबर र घाँसपासबाट कम्पोस्ट(प्रांगारिक) मल र गोबर, घाँसपास एंव गडयौलाबाट बर्मी कम्पोस्ट(प्रांगारिक) मल उत्पादन गर्दै आएका छन्। रुख ब्रान्डमा उद्योगले मल उत्पादन गरी पर्सा, बारा, रौतहट, सप्तरी, पोखरा र धनगढीमा बिक्रीवितरण गरिरहेके जानकारी उद्योगी तारा प्रसादले दिए।
चालु वर्ष पनि ८ करोडको कारोबार लक्ष्य छ। सुरुमा आफनै एक विघा जग्गामा सेड बनाएर मल उत्पादन थालेको उद्योग विस्तार भएको छ। अहिले थप ३ बिघा जग्गा भाडामा मल उत्पादन गरिरहेको छ। गोबर, जलकुम्भी, हरिया घाँसपात, गडयौलालाई विभिन्न लेयर बनाएर अन्य खनिजहरु मिसाएर मल बनाइने उद्योगले जनाएको छ।
हालसम्म उद्योगमा करिब २५ करोड लगानी भइसकेको सञ्चालक तारा प्रसाद बताउँछन् । उनका अनुसार एक लट मल उत्पादन गर्न डेढदेखि दुई महिना समय लाग्ने गरेको छ। बजारको माग बमोजिम २५ केजी तौलको २ सय बोरा र २५ किलोको ४ सय बोराको १० टन गरी दुई किसिमले मल उत्पादन गर्ने गरिएको छ।
रासायनिक मलले माटोको उर्वराशक्ति क्षीण हुने भएकाले पछिल्लो समय प्रांगारिक मलको बजारमा माग बढिरहेकोले कारोबार पनि बढदै गएको उनले बताए।
‘प्रांगारिक मलले माटोको उर्वराशक्ति बढाउँछ, माटोको अम्लियपनालाई घटाउँछ,प्रांगारिक प्रयोग गरिएको खेतबाट उत्पादित खाद्यान्न,तरकारी तथा फलफूल स्वास्थ हुन्छ,’ उनी भन्छन्, ‘मलको गुण बुझेकाहरुले विस्तारै बजार बढाएका छन्।’
अहिले केही स्थानीय तहले अनुदानमा प्रांगारिक मल विक्री वितरण गर्ने योजना पनि ल्याइरहेकाले सहज भएको उनले बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads