search

इजरायलमा मृत्यु भएका आनन्दको शव माग गर्दै चक्काजाम

पढ्न छुटाउनुभयो ?

धनुषा, २२ असोज । इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ ।
शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमवार बिहान ९ बजेदेखि ढल्केबर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका छन् । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक अरू सवारी चल्न दिएका छैनन् ।
स्थानीयका अनुसार इजरायलमा विद्रोही समूको आक्रमणबाट मृत्यु भएका साहको शव ल्याउन नेपाल सरकारसँग माग गर्दै चक्काजाम गरिएको बताउनुभयो । उहाँहरूले शव ल्याउने निश्चित नभएसम्म चक्काजाम नखोलिने जानकारी दिनुभयो ।
इजरायलमा शनिवार भएको आतङ्ककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये साहसमेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गर्नुभयो । मृतक साह गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिनका लागि इजरायल जानुभएको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads