search

spot_img
spot_img

वीरगंजका बाल सामाजिक अभियन्ता शरणलाई अन्तर्राष्ट्रिय अवार्ड

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ असोज ।
वीरगंजका एकजना बाल अधिकारकर्मी शरण गुप्ताले अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएका छन्। अक्टुबर १७ का दिन भारतको मुम्बईमा आइक्यान इन्टरनेशनल कम्पनीले आयोजना गर्ने विभिन्न विधाका पुरस्कारमध्ये शरण गुप्तालाई ‘इन्टरनेशनल योङ्गेस्ट सोसल एक्टिभिस्ट’ले पुरस्कृत गर्ने भएको छ।
गुप्ता १७ वर्षका छन्। उनी इम्प्रुभिङ वीरगंजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि हुन्। १० वर्षको उमेरदेखि नै बालश्रम, पर्साका गाउँहरूमा बाल शिक्षा अभियान, कोरोना महामारीमा निश्शुल्क राशन तथा खाना वितरण अभियानलगायत महिला र युवा केन्द्रित सामाजिक अभियानमा लाग्दै आएका छन्।
मुम्बईमा हुने पुरस्कार वितरण समारोहमा भारतका प्रभावशाली नेता तथा बलिउडका गायक उदीतनारायण झालगायतले पुरस्कार वितरण गर्ने बताइएको छ।
यसअघि, गुप्ता थाइल्यान्डको राजधानी बैंककमा सन् २०२२ मा भएको पुरस्कार समारोहमा ‘ग्लोबल युथ पार्लियामेन्ट्री’, सोही वर्ष नोभेम्बरमा मलेशियाको क्वालालाम्पुरमा ‘योङ्गेस्ट प्रोफेशनल अफ दी इयर’ र सोही वर्ष ‘हन्डे«ड हिरोज अफ मधेस’ पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। त्यस्तै, उनी २०७५ सालमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपाल योङ्गेस्ट सोसल एक्टिभिस्ट’ पुरस्कारबाट पुरस्कृत भएका थिए।
गुप्ताका बुबा वीरगंज–६ कुम्हालटोलमा कपडाको व्यापार गर्छन् भने आमा कनिका कौशिक नेपाली काङ्ग्रेसबाट वडा नं ६ की वडासदस्य एवं वीरगंज महानगरकी कार्यपालिका सदस्य हुन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवनमा बस र भ्यान ठोक्किँदा ७ को मृत्यु, १८ घाइते

चितवन, ०७ असार — चितवनको राप्ती नगरपालिका–४ खहरेपुलमा शनिबार बिहान बस र विद्युतिय भ्यान आपसमा ठोक्किँदा एक गर्भवती महिला...
- Advertisement -spot_img

सम्बन्धित खबर