search

spot_img
spot_img

जीतपुरसिमराका पूर्वमेयर पौडेलको मृत्युबारे प्रहरी अनुसन्धानले के भन्छ ?

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ असोज । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका पूर्वमेयर डा. कृष्ण पौडेलको मृत्यु कसरी भयो भन्ने विषय अहिले सर्वत्र चासो बन्न पुगेको छ ।
बारा प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा पूर्वमेयर पौडेल केही समययता एक्लै बस्दै आएका थिए । श्रीमतीसंगै बाहिर गएका पौडेल घरमा एक्लै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बारा प्रहरीका अनुसार मृतक पौडेल यही २३ गतेदेखि घरमा एक्लै बस्दै आइरहेका थिए । घरमा श्रीमती आएर बन्द रहेको ढोका फोडेपछि पौडेल मृत अवस्थामा लडेको अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पौडेलको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको पाइएको छ । बरामद तीनवटा मोबाइलमध्ये २ वटाको स्वीच अफ र एउटा ‘साइलेन्ट मोड’ पाइएपछि अहिले ती मोबाइललाई आफ्नो नियन्त्रणमा लिइ अनुसन्धान चलिरहेको छ ।
‘ब्याट्री’ सकेर अफ भएको हो वा अन्य कुनै कारणले अफ भएको त्यसको वारे सूक्ष्म अनुसन्धान चलिरहेको बारा प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
प्रउ काफलेका अनुसार पोष्टमार्टम रिपोर्ट नआइपुग्दासम्म केही भन्न नसकिने अवस्था छ ।’ प्रहरीसंगै घटनास्थलमा पुगेका चिकित्सकहरूको टोलीको जाँचमा पौडेलको मृत्यु २४ घण्टा अगाडि नै भएको पाइएको हो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads