search

spot_img
spot_img

राजस्व अनुसन्धानले बार्गेनिङ गरेर व्यवसायीलाई दुःख दियो–सांसद यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले राजस्व अनुसन्धान विभागले व्यापारीलाई दुःख दिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले मन्दीका कारण व्यापार व्यवसाय चौपट भएका बेला राजस्व विभागले अनावश्यक रुपमा छापा मारेर दुःख दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘मन्दीका कारण वीरगंजसहित देशभर व्यापार चौपट भएको छ । उद्योग कलकारखानाले आफ्नो उत्पादनमा आधा कटौती गरी जसोतसो चलिरहेका छन् । उत्पादन पनि बजारमा नपाएको अवस्था छ । मन्दी भएको बेला व्यवसायीलाई राहत दिनुको साटो प्रधानमन्त्री कार्यालय मातहतमा रहको राजस्व अनुसन्धान विभागले सानो ठूलो व्यापारीलाई दुख दिने काम गरिरहेको छ,’ उनले भने । कसैको बहिखाता त कसैको कम्प्युटर उठाउने, कसैलाई यसै तनाव दिने, अनि कम्प्युटरमा केही फेला नपरेपछि अनावश्यक जरिवाना गरिदिने, कुनै न कुनै बहाना लगाएर जरिवाना गरिदिने र दुःख दिने काम राजस्व विभागले देशभरी नै गरिरहेको उनको दाबी थियो ।
‘कालीमाटीका तरकारी व्यवसायी, आलुप्याज व्यवसायी, कुलेश्वरका फलमण्डकीका व्यापारी, वीरगंजका कलकारखाना व्यवसाय गरिरहेका व्यवसायीलाई दुख दिने, फोन गरेर तुरुन्त बहिखाता लिएर आउनुस् भन्ने, तर्साउने अनि बीचमा बार्गेनिङको काम गर्ने, दलालहरु सक्रिय पार्ने गरिरहेको छ,’ उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, मातहत रहेको राजस्व अनुसन्धान विभागलाई नियन्त्रणमा राखेर लगाम लगाउने काम सरकारले गरोस् ।‘
सांसद यादवले मिटरब्याजबाट पीडितलाई कानुनी दायरामा ल्याउन संसदले कानुन बनाए पनि त्यसको दुरुपयोग भएको दाबी गरे । ‘कानुन बनेपछि काम सुरु भयो तर अनुचेत लेनदेन पीडितको पक्षमा काम भएको छैन । पीडकको पक्षमा काम भइरहेको छ । जो सित पैसा छ, जसको पहुँच छ, जो बार्गेनिङ गर्न सक्छ, त्यसको पक्षमा अहिले काम भइरहेको छ,’ उनले भने, ‘गृह मन्त्रालयले निगरानी गर्नुपर्दैन ? गृह मातहतको सिडीओ कार्यालय के गरिरहेको छ ? वीरगंजमा परेको उजुरीमा ३९ प्रतिशतमात्रै पीडितको पक्षमा निर्णय भएको छ । बाँकी सबै पीडकको पक्षमा न्याय भएको छ । यसमा सरकारको ध्यान जाओस् ।’

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads