नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, २ कात्तिक : राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त […]

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २ कात्तिक : एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो […]

चीनमा रहेका उपप्रधानमन्त्रीलाई सामान्यखाले हृदयघात

काठमाडौँ, २ कात्तिक : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको […]

सीमापारि रक्सौलमा भीडभाड, वारी वीरगंज बजार सुनसान

वीरगञ्ज, २ कात्तिक : विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन् । नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलागयतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुने थालेका […]

बहुदरमाईले भुक्तानी नदिएपछि ठेकेदारले सोलारबत्ती खोलेर लग्यो

वीरगंज, २ कात्तिक । पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा लगाइएको सोलर बत्तीलगायतका सामग्री ठेकेदारले खोलेर लागेका छन् । ठेकेदारले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधवार दिउँसो बहुदरमाई नगरपालिका – ४ स्थित मुख्य सडकमा जडान गरिएको सोलर बत्ती, ब्याट्री, प्यानल लगायतका सामग्री खोलेर लागेका हुन् । नगरपालिकाको सडकमा पहिल्यैदेखि जडान गरिएको सोलर बत्तीहरूको काठमाडौंस्थित एडभान्स सिनार्जी सोलुसन […]

विद्युत् प्राधिकरणका कर्मचारीबीच कुटाकुट

वीरगंज, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका कर्मचारीहरूबीच आज बिहान ११ः३० बजे कुटाकुट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान एवं चप्पल प्रहार भएको हो । हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ-याङ लिएर जान खोज्दा जान नदिएपछि उनको गेट रोक्का गरिएको थियो । निजी कामको […]

मधेस प्रदेशकै उच्च राशिको पुरस्कार दिइने गोल्डकप कात्तिक १८ गतेदेखि

वीरगंज, २ कात्तिक । मधेस प्रदेशकै उच्च राशिको पुरस्कार दिइने गोल्डकप वीरगंजमा आयोजना हुने भएको छ । यही कात्तिक १८ गतेदेखि २५ गतेसम्म वीरगंजको आदर्शनगरस्थित खेल मैदानमा भेट्रान्स सिटी क्लब वीरगंजको आयोजनामा प्रथम वीरगंज गोल्डकप २०८० आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्पत् जानकारी गराइएको छ । आयोजक क्लबद्वारा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजना भएको पत्रकार […]