search

spot_img
spot_img

मधेस प्रदेशकै उच्च राशिको पुरस्कार दिइने गोल्डकप कात्तिक १८ गतेदेखि

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक ।
मधेस प्रदेशकै उच्च राशिको पुरस्कार दिइने गोल्डकप वीरगंजमा आयोजना हुने भएको छ । यही कात्तिक १८ गतेदेखि २५ गतेसम्म वीरगंजको आदर्शनगरस्थित खेल मैदानमा भेट्रान्स सिटी क्लब वीरगंजको आयोजनामा प्रथम वीरगंज गोल्डकप २०८० आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्पत् जानकारी गराइएको छ ।
आयोजक क्लबद्वारा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका प्रथम उपाध्यक्ष्F रोशन श्रेष्ठले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । नेपालका ६ र भारतका दुई गरी आठवटा टीम रहेको उक्त प्रतियोगिताको फाइनलभन्दा अघिल्लो दिन कात्तिक २४ गते भारत र नेपालको महिला टीमहरूको पनि फूटबल प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, सङ्कटा, चर्च ब्वाइज, युनाइटेड, झापा एफसी एवं आयोजक भेट्रान्स सिटी क्लब वीरगंज गरी छ वटा र भारतको नर्थजोन फुटबल टीम दिल्ली र क्लाइभ हाउस डमडम कोलकाताको सहभागिता रहने जनाइएको छ ।
करीब ८० लाख लागत स्टिमेट रहेको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपबिजेताले पाँच लाख ५५ हजार ५५५ पुरस्कार दिनुको साथै हरेक खेलका विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कारसमेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो पाँच वर्षपछि फुटबल प्रतियोगितामार्फत पर्यटन प्रवद्र्धन एवं खेलको विकासको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमबाट गरिने जनाइएको छ ।
वीरगंज महानगरपालिकाको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको सहप्रायोजक जगदम्बा सिमेन्ट, पर्सा जिल्ला फुटबल सङ्घ, क्रिएटिभ वल्र्ड डिजिटल, आरएस लोजिस्टिक एन्ड सिपिङ तथा गौतम मावि रहेका छन् । क्लबका अध्यक्ष सविन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, पर्सा फूटबल सङ्घका अध्यक्ष अनिलकुमार कलवार, मधेस प्रदेश फुटबल सङ्घ जनकपुरका उपाध्यक्ष दीपक साह कानूलगायत सहभागिता रहेको कार्यक्रममा वीरगंजमा पछिल्लोपटक फूटबलको गतिविधिबारे पत्रकार एवं भेट्रान्स क्लबका महासचिव पङ्कज श्रेष्ठले जानकारी गराएका थिए भने सहजीकरण क्लबका पूर्वसचिव विनोद परियारले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads