search

spot_img
spot_img

विद्युत् प्राधिकरणका कर्मचारीबीच कुटाकुट

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक ।
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका कर्मचारीहरूबीच आज बिहान ११ः३० बजे कुटाकुट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान एवं चप्पल प्रहार भएको हो ।
हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ-याङ लिएर जान खोज्दा जान नदिएपछि उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भ-याङ लिएर गइरहेकोले रोक्न खोज्दा सो विवाद भएको कर्मचारीहरूले बताएका छन् ।
स्टोर इन्चार्जलाई हेल्पर तत्वाले चप्पल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ । वितरण केन्द्रको परिसरमा उत्पन्न भएको विवाद साम्य गर्न केन्द्र प्रमुख अवधेशकुमार दुवेको कार्यकक्षमा दुवै पक्षलाई बोलाइ छलफल भइरहेको बेला सहायक इन्जिनीयर चन्द्रिका सिंहले तत्वाको कठालो समाएर घाँटी थिचेको समेत प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कर्मचारीहरूको कुटाकुटको विवाद र कार्यालय प्रमुखको कार्यकक्षमै पुनः कुटाकुट हुन थालेपछि करीब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो । अधिकांश सेवाग्राहीहरू अचानक कार्यालयमा के भइरहेको छ भन्ने बारेमा चकित परेका थिए । सरकारी कार्यालयमा अनुशासनहीन काम गर्ने कर्मचारीलाई कारबाइ गर्नुपर्छ र जनताको काम सक्दो चाँडो गर्नुपर्नेमा कर्मचारीबीचको कुटपिटको घटनाले वितरण केन्द्रको प्रतिष्ठामा आँच पुगेको सेवाग्राहीहरूको भनाइ छ ।
यस विषयमा केन्द्र प्रमुख अवधेशकुमार दुवेले सामान्य विवादमा दुवैबीच झगडा भएको स्वीकारे । साथै उनले दुवै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी गराए । उनले हेल्पर तत्वाको व्यवहार उदेकलाग्दो भएकोमा दुःख प्रकट गर्दै उनलाई विभागीय कारबाइको लागि आपूmले प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर