आयात घटदा असोज सम्म वीरगंजका दुबै भन्सार कार्यालयको राजस्व संकलन प्रभावित

वीरगंज, १० कात्तिक । वीरगंजस्थित दुवै भन्सार कार्यालयले फेरि राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भएका छन् । देशको कूल आयात–निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगंज नाकामा वीरगंज भन्सार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व लक्ष्य नभेटाएका हुन् । चालु आर्थिक वर्षको सुरुवाती दुई महिना साउन र भदौमा राजस्व […]
प्रसौनी गाउँपालिकामा करार शिक्षकलाई नियुक्तिपत्र हस्तान्तरण

वीरगंज, १० कात्तिक/ बारा, प्रसौनी गाउँपालिकामा ३३ जना शिक्षकलाई स्वयंसेवक करार शिक्षकको रुपमा नियुक्त गरी नियुक्ति पत्र प्रदान गरिएको छ । गापामा आज आयोजित एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गरिएको हो । ११ जना पुरुष र २२ जना महिला गरी ३३ जनालाई शिक्ष्Fक छनोट समितिको विभिन्न चरणबाट उत्तीर्ण भएका शिक्षकहरुलाई छनोट गरी करार शिक्ष्Fकको रुपमा नियुक्त […]
बैंक, वित्तीय संस्था, सहकारीको चर्को ब्याजविरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज, १० कात्तिक/ राष्ट्रिय धर्म संस्कृति नागरिक बचाउ महाअभियानले वीरगंजमा विरोध प्रदर्शन गरेका छन् । हजारौं महिलाहरु सहभागी रहेको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइले नेतृत्व गरेको महाअभियानमा महिलाहरुले बैंक, लघुवित्त, सहकारी संस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए । मंसिर ७ गतेदेखि काठमाडौंमा हुने अनिश्चितकालीन धर्ना तथा विरोधसभाको तयारीको लागि आज वीरगंजमा विरोधसभा निकालिएको थियो । […]
पर्साको सर्वाधिक राशी भएको परसवा गोल्डकप भोलिदेखि

वीरगंज, १० कात्तिक । पर्सा जिल्लाको सर्वाधिक राशि भएको परसवा गोल्डकप–२०८० को धमाधम तयारी भइरहेको छ । हरेक चार वर्षमा आयोजना हुने परसवा गोल्डकपको आयोजना न्यु एभरेष्ट क्लबले गर्दै आएको छ । कात्तिक ११ गते शनिवारदेखि हुने सातौं परसवा गोल्डकपमा पर्सा, बारा र भारत बिहारको टीमहरु गरी १२ वटा टीमको सहभागिता रहने आयोजक संस्थाले जनाएको […]
मुर्लीस्थित बौधीमाई मेला भव्यताका साथ सम्पन्न

वीरगंज, १० कात्तिक । वीरगंज महानगर–१३ मुर्लीस्थित बौधीमाई मन्दिरमा मेला सम्पन्न भएको छ । बौधीमाईको डोला र कलश यात्रा निकालेर भक्तजनहरुले हरिहरनाथ मन्दिर, सातोमाई मन्दिर, ब्रह्म बाबाको पूजा गरेका थिए । यसपटक मेला भव्यताका साथ लगाइएको थियो । बौधीमाई मन्दिरमा भाकल पूरा हुने गरेकोले भक्तजनहरुको मेलामा उल्लेख्य सहभागिता हुने गरेको छ । मेलामा मनोरञ्जनका सामग्री, […]
कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग

वीरगंज, १० कात्तिक । अष्टमीको राति वीरगंज महानगरपालिका–७ का वडाअध्यक्ष हीराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सात दिने अल्टिमेटम दिएको छ । कांग्रस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अगुवाइमा कारबाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापन पत्रमा वडाअध्यक्ष महर्जनले दुर्गा […]
पकहामैनपुरमा पुरूषको शव भेटियो

वीरगंज, १० कात्तिक । पर्साको पकहामैनपुर गाउँपालिकामा एक जनाको शव भेटिएको छ । पकहानमैनपुर गाउँँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ । आज बिहान खेतमा काम गर्न गएको बेला ती पुरूष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । स्थानीयले खेतमा ती पुरूषलाई मृत अवस्थामा […]
खेतमा बरामद शव रुपेश महराको भएको प्रहरी दावी

जनकपुर १० कात्तिक । जनकपुरधाममा बरामद युवकको शब पहिचान खुलेको छ । बिहिवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा धान खेतमा मृत अवस्थामा फेला शव बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृतकको पहिचान खुलेको हो । उनी जनकपुरधाम उपमहानगरपालिका २४ बसहीया बस्ने फुलगेन महराको अन्दाजी २५ वर्षीय छोरा […]
मेलामा विवाद हुँदा युवकको हत्या, दुई पक्राउ

१० कात्तिक, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो । दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी […]
हार्दिक मंगलमय शुभकामना