search

spot_img
spot_img

पर्साको सर्वाधिक राशी भएको परसवा गोल्डकप भोलिदेखि

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक ।
पर्सा जिल्लाको सर्वाधिक राशि भएको परसवा गोल्डकप–२०८० को धमाधम तयारी भइरहेको छ । हरेक चार वर्षमा आयोजना हुने परसवा गोल्डकपको आयोजना न्यु एभरेष्ट क्लबले गर्दै आएको छ ।
कात्तिक ११ गते शनिवारदेखि हुने सातौं परसवा गोल्डकपमा पर्सा, बारा र भारत बिहारको टीमहरु गरी १२ वटा टीमको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
जीराभवानी गाउँपालिका–३ को चौरमा हुने गोल्डकपमा सेढवा, पकडीटोला, परसवा, ठोरी –१, बुद्धनगर, निचुटा, पटेर्वासुगौली देकुली, सिद्धपुर निजगढ, बकुलिया, मनहर्वा र भारत बिहारको इनर्वाको एउटा टीमको सहभागिता हुनेछ ।
प्रतियोगिताको उपाधि उचाल्ने टीमलाई नगद दुई लाख ५० हजार दोस्रFे हुने टीमलाई एक लाख २५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने तथा उत्कृष्ट खेलाडीलाई चाँदीका बुट र बेस्ट स्कोररलाई चाँदीको पूmटबल पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए ।
करीब साढे ३६ लाख खर्च हुने प्रतियोगिताको लागि जीराभवानी गापाले १० लाख बिनियोजन गरेको ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर