search

spot_img
spot_img

नेपाल–भारत सीमा सुरक्षा बैठक वीरगंजमा सम्पन्न

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,वीरगंज,११ कार्तिक /

वीरगंज–रक्सौल आसपासको नेपाल भारत सुरक्षा बैठक वीरगंजमा सम्पन्न भएको छ ।

नेपालको पर्सा–बारा र भारत,बिहारको पूर्व चम्पारण एवं पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक आज वीरगंज–१७ अलौ. स्थित वीरगंज भन्सारको आईसिपीको भन्सारको सभाहलमा सम्पन्न भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा यी जिल्लाको क्षेत्रमा सीमा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन छलफल भएको थियो । सुरक्षा बैठकले ६ बुन्दे निर्णय समेत गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले अबैध पैठारी,निकासीलाई अंकुश लगाउने,लागुऔषध ओसारपसारलाई न्यूनिकरण गर्ने,चेलीबेटी बेचविखन,अबैध हतियारको ओसारपसारलाई न्यूनिकरण गर्ने,अपराधिक घटना हुन नदिने,सीमा क्षेत्रको अबैध वन्यजन्तुको चोरी सिकारी एवं तस्करीलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी गराए।

साथै,बैठकले भारतमा हुने अगामि लोकसभा चुनावलाई मध्यनजर राख्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धलाई समेत चुस्तदुस्त बनाउन समेत नेपाल–भारतको सुरक्षा अधिकारी वीच छलफल,सहकार्यमार्फत प्रभावकारी सुरक्षा व्यस्था बनाउन पहल गर्ने निर्णय भएको हो ।

बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पुर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए भने बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,पश्चिमी चम्पारणका डिएम दिनेशकुमार रायको सहभागिता थियो ।

त्यसैगरी,पर्साका एसपी कोमल शाह,पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य,बाराका एसपी सुरेश काफले,सशस्त्र बारा उपरीक्षक,राष्ट्रिय अनुसन्धान,वीरगंज भन्सार,श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारी,डिभिजन वन कार्यालय पर्सा,पर्सा राष्ट्रिय निकुञ्जका अधिकारी, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार राय,भारतीय प्रहरीका उच्च अधिकारी,एसएसबीका उच्च अधिकारी,रक्सौल कस्टमका अधिकारीलगायतको सहभागिता थियो ।

सुरक्षा बैठकपछि वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र रक्सौल उद्योग वाणिज्य संघ वीच दुबै देश वीच उद्योग व्यापार क्षेत्रमा देखिएको समस्या समाधानका लागि अन्तक्रिया कार्यक्रम समेत भएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर