search

spot_img
spot_img

पर्साबाट पेस्तोलसहित २ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ कार्तिक । पर्सा प्रहरीले एकथान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीले दुबैजनालाई गएको ५ गते वीरगंजको दुर्ई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीमा आएको सूचनाको आधारमा वीरगंज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज अन्सारी र साहिल अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले शुरूमा वीरगंजको छपकैयाँबाट एकथान नलकटुवा पेस्तोलसहित साहिल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहिलले गरेको बयानको आधारमा थप सरफराजलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका एसपी कोमलविक्रम शाहले जनाए । प्रहरी हिरासतमा रहेका दुबै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान म्याद थप भइ अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको स्रोतले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads