search

१० किलो गाँजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक ।
पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५ वर्षीय हिरामन यादव रहेका छन् । यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
अस्थायी प्रहरी चौकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाको नौगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेको बोराबाट उक्त गाँजा बरनमद गरेको हो ।
गाँजासहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads