search

spot_img
spot_img

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक ।
बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।
अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।
बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको छ ।
गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक रहेको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् ।
स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवनमा बस र भ्यान ठोक्किँदा ७ को मृत्यु, १८ घाइते

चितवन, ०७ असार — चितवनको राप्ती नगरपालिका–४ खहरेपुलमा शनिबार बिहान बस र विद्युतिय भ्यान आपसमा ठोक्किँदा एक गर्भवती महिला...
- Advertisement -spot_img

सम्बन्धित खबर