search

spot_img
spot_img

इट्टा व्यवसायीद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कात्तिक ।
पर्सा र बाराका इट्टा व्यवसायी सङघले बुधवार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल मार्पmत अर्थमन्त्री प्रकाश शरण महतलाई ज्ञापन पत्र बुझाएका छन् ।
सङघका अध्यक्ष ओमप्रकाश यादवको नेतृत्वमा गएको टोलीले सहायक सिडिओ लम्साल मार्पmत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । टोलीले आर्थिक सङ्कटको अवस्थालाई मनन गरी इट्टा उद्योगीलाई पाएको वित्तीय समस्यालाई सम्बोधन गर्न पहल गर्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लगानी, पुन कर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारण मर्कामा परेको र त्यसको प्रत्यक्ष असर इट्टा व्यवसायमा परेकोले तत्कालका लागि बैंकको ब्याजदरलाई एकल अङ्कमा राख्न उनीहरूले अनुरोध गरेका छन् । व्यवसायीहरूले व्याजको किस्ता बुझाउने अवधि २०८२ साल असार मसान्तसम्म कायम गर्ने गरी इट्टा उद्योगीहरूको निर्विकल्पक माग कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउन समेत उनीहरूले माग गरेका छन् ।
सो अवसरमा उपाध्यक्ष नवलकिसोर चौरसिया, प्रदीप यादव, महासचिव रामदयाल साह कानु, कोषाध्यक्ष एवं केन्द्रीय सदस्य रामअशिष चौरसिया, प्रदेश सदस्य ओमप्रकाश यादव, सल्लाहकार सिताराम उपाध्याय, अब्दुल हकिम, खैरूला अन्सारी, सदस्य जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।
यसै गरी सङघले बुधवार नै बाराको प्रमुख जिल्ला अधिकारी मार्पmत पनि अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको मधेस प्रदेशका सदस्य समेत रहेका ओमप्रकाश यादवले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads