search

spot_img
spot_img

सर्राफको हत्या गर्ने समूहले एक महीनाअघि बारामा गरेको थियो अर्को हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कात्तिक । कलैया उपमहानगरपालिकास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानेर हत्या गर्ने सुटर समूहले एक महीनाअघि बारामै अर्को एकजनाको गोली हानेको घटनामा संलग्नता देखिएको छ ।
रूपेशमाथि गोली प्रहार गर्ने सुटरहरूमध्ये भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सुक्लहिया गाउँँका सुजीत कुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीले यसअघि पनि बाराको विभिन्न स्थानमा गोली प्रहार गरी भएको हत्याका घटनामा संलग्नता देखिएको हो ।
सोमवार दिउँसो रूपेशमाथि गोली प्रहार गर्ने सुजीत, चञ्चल, मनिष र कामेश्वरले नै ३५ दिन अगाडि असोज ९ गतेका दिन बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली प्रहार गरी हत्या गरेका थिए । अजितको हत्या गरेर फरार रहँदै आएका उनीहरूले नै रूपेशको हत्या गरेको प्रहरीले जनाएको छ । सुजीत उक्त आपराधिक समूहका लिडर हुन् ।
बुधवार रूपेशको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले स्वयम् रूपेशको हत्या पनि सुजीत, चञ्चल, मनिष र कामेश्वरको संलग्नता रहेको बताए । एसपी काफ्लेले बुधवार सार्वजनिक गरेको पाँच जनामध्ये कलैया – ६ मदर्शा टोल निवासी २२ वर्षीय राधा गुप्ता रूपेश हत्याको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरी अनुसन्धानका अनुसार राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग योजना बनाएर रूपेशको हत्या गर्न लगाएको एसपी काफ्लेको भनाई थियो । मनोजले सुजीत समूहलाई सुपारी दिएर रूपेशलाई मार्ने लगाएको उनले बताए । अजित हत्याकाण्डमा समेत प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको बताएको थियो । उक्त घटनामा पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।
दुवै गोली काण्डमा संलग्न रहेका सुटरहरूलाई प्रहरीले हालसम्म पनि नियन्त्रणमा लिन सकेको छैन । अपराध गरेर उनीहरू भारत तर्पm भागेको प्रहरीको भनाई छ ।
सुजीत समूहले एक वर्ष अगाडि बारामा अर्का एक जना व्यक्तिको पनि गोली हानेर हत्या गरेको थियो । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि सुजीतको समूहले नै गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा गोली चलाएर मारेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । त्यस्तै समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको समेत हत्या गरेको पाइएको छ । भारतसँग जोडिएको सिमाबाट करिब सात सय मिटर भित्र प्रवेश गरेर यसअघि हत्या गरेको सुजीत समूहले यसपटक जिल्लाको सदरमुकाम कलैयामै पुगेर दिनदहाडै रूपेशको हत्या गरेको छ । प्रहरीकै अनुसार उनीहरू दुर्ई वटा मोटरसाइकलमा हतियारसहित भारतबाट नेपाल प्रवेश गरेका थिए । रूपेशमाथि गोली चलाएपछि उनीहरू पुनः भारत तर्पm भागेक एसपी काफ्लेले बताए ।
सिमानाकामा नेपाल प्रहरी र साश्स्त्र प्रहरीलगायतका सुरक्षा निकायको बाक्लो उपस्थिति हुँदा समेत प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटरहरूले सहजै हतियारसहित नेपाल प्रवेश गरेर दिनदहाडै गोली चलाउएर हत्या गर्नु र पुनः भारत भाग्नुले बारा प्रहरीको सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बुधवार पत्रकार सम्मेलनमा रूपेशको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले राधासँगै ३४ वर्षीय जमील अख्तर, २६ वर्षीय रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र २३ वर्षीय अभिनव कुमार राजपूतलाई सार्वजनिक गरेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads