search

spot_img
spot_img

जिडी फर्मास्युटिकल्सले मजदुरहरुलाई शोषण गर्दै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज । जिडी फर्मास्युटिकल्स प्रा.लि. परवानीपुरले आफ्ना मजदुरहरुलाई करिब चार महिनाको तलब नदिंदा पिडित कर्मचारीहरुले आईतवार धर्नामा बसेका छन् ।

वीरगंज स्थित आदर्शनगरमा मुख्य कार्यालय रहेको साहु घनश्याम चाचानको घर अगाडि मजदुरहरुले धर्नामा बसेका हुन् । करिब दुई महिना पहिला पनि मजदुर तथा कर्मचारीहरुले आन्दोलन गर्दा श्रम कार्यालयको सहयोगमा वार्ता बसी मजदुरहरुलाई तलब सुविधा उपलब्ध गराउने सहमति भए पनि सो फर्मास्युटिकल्सका मालिक घनश्याम चाचानले अटेर गरी हालसम्म तलब उपलब्ध नगराउंदा मजदुरहरु मर्माहत भएका छन् ।

नेपालीहरुको महान चांड वडादशैं बितिसक्यो, अब दिपावली र छठ पर्व आईरहंदा तलब पाउंछ भनि आशमा बसेपनि हाम्रा मालिकले हालसम्म तलब उपलब्ध नगराउंदा बाध्य भएर धर्नामा बसेको एक पिडित मजदुरले बताए ।

जिडी फर्मास्युटिकल्सले आन्तरिक राजस्व कार्यालय पर्साको मिलोमतोमा नेपाल सरकारको लाखौं लाख राजस्व छलिरहेका छन् भने श्रम कार्यालयले वार्ता गराएर पनि मजदुरहरुको तलब सुविधा उपलब्ध गराउन नसक्दा अनेक किसिमको शंका उपशंका उब्जिएको धर्नामा बसेका पिडितहरुले बताएका छन् ।

मजदुरहरुलाई शोषण गर्दै आएका जिडीका मालिक घनश्याम चाचानमाथि नियमनकारी निकायले तदारुक्ताका साथ कारवाही प्रक्रिया अगाडि नबढाउंदा मजदुरहरु घर न घाटका भएका छन् ।

एक्सपायर औषधीलाई पुनःलेबल लगाई म्याद बढाउने कार्य गर्ने गरेको केही महिना पहिला चर्चा कमाएका मालिक चाचानले मजदुरहरुबाट काम गराई तलब सुविधा नदिई आफु बिरामी भएको बहाना बनाउदै आएको बताईन्छ । यस सन्दर्भमा घनश्याम चाचान संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads