search

बारा प्रहरीद्वारा हतियारसहित पाँचजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक ।
बारा प्रहरीले हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ ।
आज बिहान ८ बजे सिम्रौनगढ न.पा. वडा नं. ११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा वर्ष ४० को उपेन्द्र पटेलले घरमा लुकाएर राखेको अवैध हतियार इलाका प्रहरी कार्यालय सिम्रौनगढले सूचनाको आधारमा खानतलासी गरी खोजेको थियो ।
पटेलले पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाएर राखेको रिभाल्वर एक थान र सोको सात थान गोली, नलकटुवा पेस्तोल एक थान र सोको एउटा गोली, त्यस्तै केएफ लेखिएको गोली एकथान र जंगी राउत दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले ४० वर्षीय उपेन्द्र पटेल, वर्ष २७ को धिरेन्द्र पटेल, वर्ष ६२ को रूपलाल पटेल, रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने वर्ष ४४ को राजमंगल पटेल, वर्ष ८० को सोभा राउतलाई पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads