search

spot_img
spot_img

वीरगंजमा लिंकरोडमा बिराट होटल एण्ड प्लाजा सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजमा करिब पाँच करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको छ । वीरगंज महानगरपालिका–८ स्थित लिंकरोडमा नवनिर्मित ६ तल्ले भवनमा होटेल विराट एन्ड प्लाजा सञ्चालनमा आएको हो । लिङ्क रोडबाट जाने बाटोका चोकमै खुलेको होटेल पूर्ण वातानुकूलितता (फुल एसी) सहितका १० वटा स्वीट र पाँच वटा डिलक्स कोठा छन् ।
होटेलमै स्वादिष्ट खानका परिकार र पेय पदार्थ उपलब्ध हुने आकर्षक रेस्टुराँ पनि छ । सवारी पार्किङ र विद्युतीय भ¥याङ (लिफ्ट) को समेत सुविधा रहेको होटेलमा फ्रि वाई फाईकोपनि सुविधा उपलब्ध रहेको होटेलका सञ्चालक मनोज गुप्ताले जानकारी दिए । उच्च र मध्यम वर्गका ग्राहकलाई आरामदायी र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले होटेल विराट एन्ड प्लाजा सञ्चालनमा ल्याइएको सञ्चालक गुप्ताले बताए । गुप्ता पर्सा,छिपहरमाई गाउँपालिकाका गापा अध्यक्ष समेत हुन् । उनी दोस्रो कार्यकालको लागि गापा अध्यक्षमा एमालेबाट निर्वाचित भएका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा...
- Advertisement -spot_img

सम्बन्धित खबर