search

spot_img
spot_img

वीरगंजमा आसिफ र आरिफलाई सम्मान

पढ्न छुटाउनुभयो ?

वीरगंज
हालै सम्पन्न टि–२० विश्वकप एसिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगंजमा सम्मान गरिएको छ । पर्सा क्रिकेट संंघले राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो । आसिफ र आरिफ सहोदर दाजुभाईपनि हुन् ।

वीरगन्ज १३ मुर्लीका स्थायीबासी शेखद्वयले नेपाली राष्ट्रिय टिमबाट खलेर उत्कृष्ट प्रदर्शन गर्दै वीरगन्जसहित नेपालकै प्रतिष्ठा बढाएको भन्दै पर्सा क्रिकेट संघले शेखद्वयलाई सम्मानित गरेको हो । संघका अध्यक्ष मनिष सिंहले शेखद्वयलाई पुरस्कार सामग्री र नगदसहित सम्मानित गरेको संघका उपाध्यक्ष मुर्तुजा हवारीले जानकारी दिए । ‘पर्सा जिल्लाबाट क्रिकेट खेल सिकेर गएका आरिफ र आसिफ शेख आज नेपालको राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलहरूमा सहभागी भएको देख्दा निकै खुसी लाग्छ,’ संघका अध्यक्ष सिंहले भने, ‘उनीहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शनी गरेर देशलाई उपाधि दिलाउँदा सबैभन्दा धेरै वीरगन्जवासी खुसी हुन्छन् ।’
शेखद्वयले क्रिकेट र देशका लागि पु¥याएको योगदानको जति मूल्यांकन गरेपनि त्यो कम नै हुने भन्दै सिंहले भने, ‘सानो भए पनि हामीले उनीहरूलाई सम्मानित गरेर हौसला बढाउने प्रयास गरेका छौँ । आगामी दिनमा उनीहरूले थप ऊर्जाका साथ खेल्दै नेपाली क्रिकेटलाई उँचाइमा पु¥याउने हामीले विश्वास लिएका छौँ ।’

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको...
- Advertisement -spot_img

सम्बन्धित खबर