वीरगंज
आकाश एफएम १०९.९ मेघाहर्जबाट आज धनवर्षा कार्यक्रम संचालन भएको छ । कार्यक्रमको उद्घाटन पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुम्न चौहानले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु नवसाद आलम, लालबाबु चौरसिया, डाक्टर विकास चौरसिया,पोखरिया नगरपालिकाका लेखा पाल मंदिप महतो,पन्नालाल पटेल,आसा देवि,दिपक ठाकुर, योगेन्द्र रौनियारले फोन गरेका स्रोताहरुलाई चिठ्ठा खोली पुरस्कार घोषणा तथा शुभकामना दिएका थिए।
कार्यक्रममा शम्भु गिरी, सुदिप चौरसिया, विपिन चौहान, शनी पटेल,रामविसवास चौधरी,विकास पटेलले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा फोन गर्ने १८५ जना स्रोताहरुलाई चाँदीका सिक्का, मोबाइल फोन,हाथे घडी,दिवाल घडी, रिचार्ज, टिसर्ट,लडु मिठाई, खाने तेल लगायतका सामाग्री पुरस्कार परेको थियो।









