search

spot_img
spot_img

मन्त्रिपरिषद्ले लगायो टिकटकमाथि प्रतिबन्ध

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

उन्नत सापकोटा काठमाडौं सरकारले देशभर टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ एप टिकटकको प्रयोग नेपालभर बन्द गर्ने निर्णय गरेको हो। नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले टिकटकमाथि पूर्ण प्रतिबन्ध गर्ने निर्णय सरकारले गरेको बताए। ‘सरकारले टिकटक पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ। दुरसंचारलाई सरकारले निर्णय गरेर निर्देशन दिइसकेको छ,’ उनले भने। सरकारले टिकटक एप नै डाउनलोड हुन नदिने गरि व्यवस्था गर्न पनि दुरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ। हाल मोबाइलमा डाउनलोड भएका एपमा कुनै पनि अपडेट हुनेछैन। यो निर्णय तत्काल कार्यान्वयन हुने उनले बताए। सरकारले पछिल्लो समय टिकटक लगायत सामाजिक संजाल प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै आएको थियो। सामाजिक संजालबाट सामाजिक र सांस्कृतिक सद्भाव बिगार्ने खालको भिडियो अपलोड नगर्न सरकारले आग्रह गरेको थियो। भारत, अमेरिका लगायत पश्चिमा देशले चिनियाँ एप टिकटकले साइबर सुरक्षा चुनौती बढाएको भन्दै पहिला नै प्रतिबन्ध लगाएको थियो। नेपालमा भने सामाजिक सद्भाव बिगार्न प्रयोग भएको भन्दै सो एप प्रयोगमा रोक लगाउने निर्णय सरकारले गरेको हो। बिजमान्डू डट कमबाट सभार
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads