search

spot_img
spot_img

पर्साको चर्चित बहुदरमाईको मेला शुरुः मिठाईभन्दा फ्राईको माग बढि

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, १२ मंसिर । पर्सामा थुप्रै मेलाहरु लाग्छन् र सबै मेलाको छुटाछुटै विशेषता हुने गर्छ । यसैवीच कार्तिक पूर्णिमादेखि पर्सामा बहुदरामाईको ५ दिने मेला लाग्ने गरेको छ । यसवर्ष पनि पर्सा,बुहुदरमाई–२ पिपरास्थित बहुदरमाईको मेला धुमधामका साथ प्रारम्भ भएको छ । मेलामा दैनिक हजारौ श्रद्धालु भक्तजनहरुको सहभागिता हुने गर्छ । यो मेला करिब डेढ सय वर्ष पुरानो मेला हो ।
शुरुमा तिलावे खेलाको पश्चिम किनारमा गाईवस्तुको लागि चरण क्षेत्र(रेखात) थियो । सोही रेखातमा एउटा सर्प निस्कियो । उक्त सर्पको पूजापाठ गर्दै गएपछि पिपरा गाउवासीको रक्षा हुन थालेपछि गाउँलेले बहुदरमाईको मन्दिर निर्माण गरी पूजापाठ शुरु गरेको गाउँका बुढापाकाहरुले बताउँछन् । गाउँलेले नदिको पश्चिम किनारमा पहिले एउटा पिपलको रुख नजिकै खपडाको घरमा मन्दिर सञ्चालनमा ल्याए ।
तर गत २०५२÷०५३ सालको ठुलो बाढिले पिपलको रुख र मन्दिर बगायो । त्यसपछि नयाँ मन्दिर निर्माण भई बहुदरमाईको पूजापाठ र मेला लाग्ने गर्दछ । २०७४ सालमा देश संघीयतामा गएपछि सोही धार्मिक स्थलबाट बहुदरमाई नगरपालिकाको नामाकरणसमेत भएको एमाले नेता शिव पटेल बताउँछन् । पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य एवं बहुदरमाई नगरप्रमुखको पूर्व प्रत्याशीसमेत रहेका पटेलका अनुसार आज मेला प्रारम्भ भएको दिन विहान २ बजेदेखि १० बजे सम्म हजारौ श्रद्धालु मन्दिर नजिकै तिलावे नदिमा स्नान र दियो बाली पूजापाठ गरेको बताए । युगलप्रसाद कुर्मीको अध्यक्षतामा गठन भएको मेला समितिले मेलाको व्यस्थापन गरिरहेको समेत उनले जनाए ।
करिब १० विघा क्षेत्रफलमा लाग्ने मेलामा एक हजारभन्दा बढि पसल तथा दोकानहरु लाग्ने गर्छन् । मेलामा मिठाई,माछामासु,तास,सेकुवालगायतको आकर्षण छुटै हुने गर्छ । ग्रामिण भेगमा कार्तिक महिनाभरी माछामासु खान अधिकांशलाई बर्जित मान्छन् । कार्तिक पूर्णिमापछि सबैले खान र रमाउने भएकोले यो मेला भर्न आउँछन् । मेलामा हरेक वर्ष जस्तै यस वर्ष पनि मिठाईको परिकारभन्दा फ्राई अर्थात अन्डा,माछा,मासुको परिकारमाथि बढि आकर्षण र माग भएको बुझिएको छ । करिब ७ लाख खर्च अनुमान गरिएको मेलामा भोलीदेखि ४ दिन दिनमा दिउँसो कुस्ती र राती ८ बजेदेखि २ बजे सम्म नाच नचाउने गरिन्छ ।
कुस्तीमा दैनिक ५ हजारभन्दा बढि र नाचमा तीन हजारभन्दा बढि दर्शकको भीड लाग्ने गरेको छ । सधै नाच र कुस्तीका पात्र फरक फरक हुने गर्छन् । ५ दिनको मेला अवधीमा करिब एक लाख श्रद्धालुभक्तजनभन्दा बढिले यो मेला भर्ने गरेको पनि गाउँलेहरु बताउँछन् । मेला अवधी भर गाउँलेको आफनतजनकामे ओइरो पिपरा गाउँ वरपरको गाउँमा लाग्ने गर्छ भने चहलपहल बढने गर्दछ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads