search

spot_img
spot_img

अभियान डिजिटलद्वारा चिठ्ठाको नाममा ठगी धन्दा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडद्वारा ठगी धन्दा चलिरहदा सचेत नागरिकहरू आश्यर्चमा रहेका छन् ।

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई ५–५ लाखको महिनवारी दिएर डिजिटलले शुरू गरेका ठगी धन्दा फस्टाउन थालेको छ । सो अभियान दोल्खा निवासी नटवरलाल विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी नटवरलालहरू दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्दै गरे पनि नियमनकारी निकाय मौन हुनुले नै रकम खादै गरेको पुष्टि भएको देखिन्छ ।

वीरगंज महानगरपालिका बसपार्क त्रिशुल चौक कार्यालय खोली अडा जमाएर बसेका दिपेश वर्णवाल लगायतका ठगहरू आफ्ना ठगी धन्दाहरू “दिन दु गुना रात चौगुना” अगाडि बढाईरहेका छन् । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उद्देश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उद्देश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको पाईएको छ ।

सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरूमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड ठगी गरिरहेको बुझिएको छ ।

वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरूले प्रवेश शुल्क रू. ५० र मासिक शुल्क ११ सय ७५ रुपियाँ कम्पनीको प्रतिनिधि मार्पmत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरू ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए ।

मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपियाँ आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरूले नै बताउंदछन् । किस्ताबन्दी खेल्ने सदस्यहरूलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्पmत काठमाडौंको एकान्त ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् ।

मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रूपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरू देखाउदै सदस्यहरूलाई लोभ्याउदै आएका छन् । वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा लिएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्तालाई वीरगंजमा बिवादित र नटवरलालको रूपमा चिनिने गरिन्छ ।

दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरू बनाउन सफल भएको बताईन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकमहरूमा तीनै जना सञ्चालकहरू बाडफाड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरूले नै बताउंदछन् ।

नटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उद्देश्यमा ईलेक्ट्रोनिक सामानहरू एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि प्रहरी प्रशासनलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा यस्तो ठगी धन्दा गर्ने गरेको स्रोतको कथन रहेको छ ।

वीरगंज कार्यालयको अगाडि सदस्यहरूलाई झुक्याउन ईलेक्ट्रोनिक्सको पसल खोली आफ्नै काराखानाको उत्पादन हो भन्दै बजारको अन्य पसलबाट किनि सो ईलेक्ट्रोनिक्स सामानहरू राखिएको स्रोतले जनाएको छ । वीरगंज महानगरपालिकाले नियमानुसार अभियान डिजिटललाई व्यवसायिक अनुमति नदिनु पर्ने ठाउँमा मासिक रूपमा रकम खादै सो अनुमति पत्र दिएको बुझिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads