search

नृसिंह माविका विद्यार्थीबीच छुरा प्रहार, एक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मङ्सिर/
वीरगंज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माविमा विद्यार्थीबीच छुरा प्रहार भएको छ । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत अनुराग यादवले कक्षा १० मा अध्ययनरत फिरोज आलमलाई छुरा प्रहार गरी घाइते बनाएका हुन् ।

बिहान ११ बजेको समयमा टाउकोमुनि घाँटीमा छुरा प्रहार गरी यादवले आलमलाई घाइते बनाएका हुन् । आलमको तराई अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था स्थिर रहेको छ ।

वीरगंज–११ श्रीपुर बस्ने आलमलाई वीरगंज–१३ बस्ने यादवले छुरा प्रहार गरी फरार भएका थिए । वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला समन्वय समिति, पर्सा अगाडि यादवलाई दिउँसो पक्राउ गरी आवश्यक कारबाइ अगाडि बढाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्ष्Fक धर्मजङ्ग थिङले बताए । उनले यी दुवैबीच पुरानो रिसइवी रहेको र केही महीनापहिले ह्वाट्सएप च्याटमार्फत दुवैबीच झगडा भएको उनले बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads