search

दाजु अनुरुद्धले बहिनी इन्दुलाई किन घरबाट निकाले ?

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर ।

वीरगंज–११ श्रीपुरमा एकजना दाइले आफ्नो बहिनीलाई घरबाट निकालेको खबर प्राप्त भएको छ । श्रीपुरका अनुरूद्ध गिरीले बहिनी इन्दु देवीलाई घरबाट निकालेका हुन् ।

विगत लामो समयदेखि बस्न दिएको तर पछि जग्गा हडप्न मनसायले बहिनीले घर खाली नगरेको कारण नगरप्रहरीको सहयोगमा घर खाली गराएको अनुरूद्ध गिरीले बताए । श्रीपुरका विश्वनाथ गिरी र नगिना देवीको तीनजना सन्तान हुन्, अनुरूद्ध, इन्दु र राजमन गिरी । बुबा, आमा बितिसकेका छन् । इन्दुको बिहे भारत, बिहार, आदापुर, बेलवा गिरीटोल बस्ने प्रमोद गिरीसँग भएको छ । तर दोङ्गा भएपछि इन्दु श्रीपुर माइतीमै बस्दै आएकी छन् ।

पति, छोराछोरीसँगै माइती बस्दै आएकी इन्दु देवीलाई उनको आमाले पाँच धुर जमीन बस्न दिएको र सो घर जग्गा पनि दाइहरूले बेचेर आपूmलाई हालको वीरगंज–१४ सिट नं ११३–३११–१६ को कित्ता नं. २२८ मा रहेको साढे तीन धुर जमीनमा बस्न दिएको र आज आएर बलजफ्ती घर खाली गराएर आपूmलाई घरबारविहीन बनाएको इन्दुको आरोप छ ।

उनीसँग सो घरमा बस्ने कुनै आधार नभए पनि मानवीयताको नाताले दाइ–बहिनीको सम्बन्ध रहेकोले अर्को व्यवस्था नहुन्जेलसम्म सोही घरमा बस्नको लागि माग गरिन् । तर यसै विषयमा उनका दाइ अनुरूद्धले वीरगंज–२३ प्रसौनीबिर्तामा १० धुर जग्गा खरीद गरिसकेको तैपनि मेरो जग्गामा निर्मित घरबाट निस्किन पटक–पटक ताकेता गर्दा घर खाली नगर्दा वीरगंज–११ वडा कार्यालयमार्फत् घर खाली गराएको जानकारी गराए । साथै घर खाली गराउन प्रक्रिया शुरू गर्दा इन्दुले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजमा दिएको निषेधाज्ञाको मुद्दा पनि खारेज भइसकेकोले मङ्गलवार नगरप्रहरीको सहयोगमा घर खाली गराएको बताए ।

यसैबीच वडाध्यक्ष्F अजयकुमार बरईले सो जग्गाको स्वामित्व इन्दुका दाइ अनुरूद्धसँग भएकोले वडा कार्यालयमा उनले दिएको निवेदन अनुसार कारबाइ गरेको प्रतिक्रिया दिए । इन्दुदेवी बस्दै आएको जग्गा ऐलानी हो भनेर चर्चा भन्ने प्रश्नमा जाँचबुझ गराउने उनले बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads