search

spot_img
spot_img

हिमालयन डिस्टिलरीमा ट्रेड युनियन चुनाव सरगर्मी शुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर।

वीरगंज–२१ लिपनीबिर्ता परवानीपुरस्थित हिमालयन डिस्टिलरी लिमा आधिकारिक ट्रेड युनियन एकाइ समितिको चुनावी सरगर्मी बढेको छ। आगामी मङ्सिर १८ गते सोमवारका दिन हुने ट्रेड युनियनको चुनावको क्रममा नेपाली काङ्ग्रेसनिकट कारखाना श्रमिक सङ्घ र नेकपा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन (जिफन्ट) एकाइ समितिले मतदाता प्रभावित गर्ने गतिविधि शुरू गरेका छन्।

दुवै समूहले आआफ्नो मतदाताहरूलाई आकर्षित गर्न बैठक, भोजभतेर, छलफललगायतको कार्यक्रम तीव्र पारेको मजदूरहरूले बताएका छन्। दुई वर्षे कार्यकालको लागि यस वर्ष पनि कारखाना श्रमिक सङ्घबाट अध्यक्ष पदको लागि सुखाडी यादव, समग्र उद्योग ट्रेड युनियनतर्फबाट ज्ञानेन्द्र पटेलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

दुई कार्यकालदेखि विजयी हुँदै आएको यादवको पक्ष्F बलियो मानिएको छ भने पटेल पनि नतीजा पल्टाउने दाऊमा छ। बितेको दुई चुनावमध्ये पछिल्लो चुनावमा सात मतले र सोभन्दा अघिल्लो चुनावमा नौं मतले कारखाना श्रमिक सङ्घको ट्रेड युनियन विजयी हुँदै अध्यक्षमा निर्वाचित भएको थियो।

चुनावमा आधिकारिक ट्रेड युनियनको अध्यक्ष्F पद निर्वाचित भएपछि उनकै नेतृत्वमा ११ सदस्यीय कमिटीमध्ये १० जनालाई मनोनीत गरिन्छ। १८२ कुल स्थायी मजदूर रहेको सो उद्योगमा जीतका लागि ९२ मत आवश्यक रहेको बुझिएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads