search

spot_img
spot_img

लामो संघर्षपछि नेपालमा पहिलो समलैंगिक विवाहको दर्ता

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १३ मंसिर ।
नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रूपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरूङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो ।
दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वाेच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरूङबीचको विवाहलाई दर्ता गराएकी हुन् ।
दर्तामा उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ ।
सर्वाेच्चले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो ।
यसलाई लिएर अधिकारकर्मीहरूले लामो संघर्षपछि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads