search

spot_img
spot_img

आर्थिक मन्दीबाट देशलाई नजोगाए प्राप्त उपलब्धी पनि गुम्छ–काँग्रेस नेता सिंह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपाली काँग्रेसका पूर्व उपसभापति एंव उपप्रधानमन्त्री प्रकाशमान सिंहले देश अहिले आर्थिक मन्दीको असरबाट नराम्ररी प्रभावित भएको बताएका छन् । नेपाली काँग्रेस पर्साका पूर्व उपसभापति स्व.अशोक जैसवालको १३ औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा पटकपटकको जनआन्दोलन र क्रान्तिबाट प्रजातन्त्र,गणतन्त्र आएको तर यतिले मात्रै नपुग्ने भन्दै आफना बुवा स्वर्गीय गणेशमान सिंहको सपना आर्थिक क्रान्ति जुन हिसाबले हुनु पथ्र्यो त्यो नभएको पनि दुख व्यक्त गरे । ‘ विभिन्न आन्दोलनको उपलब्धी स्वरुप प्रजातन्त्र,गणतन्त्र र संघीयता देशमा आएको छ,तर जब सम्म आर्थिक क्रान्ति हुदैन तब सम्म देशले कोल्टो फेर्दैन,’उनले भने ।

अहिलेको अवस्थामा देश आर्थिक मन्दीको शिकार भइरहेको छ,यसबाट जोगाउन नसकिए पाएको सम्पूर्ण उपलब्धी समेत गुमाउनु पर्ने अवस्थ पनि आउन सक्ने भएकोले नेपाली काँग्रेसको नेतृत्व पंक्ति र नेताकर्याकर्ताहरु गम्भीर हुनु पर्नेमा उनले जोड दिए । नेपाली काँग्रेस सत्ता गठबन्धनको साटो पार्टीलाई मजबुत पार्दै अगामि २०८४ सालको चुनावमा बहुमत ल्याई देशमा आर्थिक क्रान्तिको मार्गमा जानु पर्ने सझाव समेत दिए ।
नेपाली कांग्रेस पर्साका सभापती जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अजयकुमार चौरसिया,नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,प्रदेश सांसद श्याम पटेललगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads