search

spot_img
spot_img

ड्राइपोर्ट भन्सार यार्डबाटै लाखौं मूल्यको सुकमेल चोरी

पढ्न छुटाउनुभयो ?

बीरगंज १७ मंसिर /
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डभित्रैबाट नेपाली आयातकर्ताको सामान चोरी भएको छ ।

पशुपति एक्जिम प्रालि, काठमाडौंले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरीद गरी ल्याएको २० फुटे आठवटा कन्टेनरमध्ये दुईवटा कन्टेनरको सिल काटेर सामान चोरी भएको आयातकर्ता कम्पनीका प्रतिनिधि मधु बरालले बताए ।

रोशन भन्सार क्लियरिङ सेवा, वीरगंजका प्रतिनिधिसमेत रहेका बरालका अनुसार गत १९ अक्टोबरमा दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठवटा कन्टेनर आयात गरी ल्याएकामा कन्टेनर नं इएससियू २००२२०६ र इएससियू २००२२४८ को सिल तोडेर सामान चोरी भएको हो । इएससियू २००२२०६ नम्बरको कन्टेनरमा रहेको सुकुमेलका ४० किलोका २०० वटा कार्टुनमध्ये ११ वटा कार्टुन चोरी भएको छ । ११ वटा कार्टुनको तौल ४४० किलो हुन आउँछ । नेपालको हालको बजार मूल्य अनुसार प्रतिकिलो रु तीन हजार ५० को दरले ४४० किलोको रु १३ लाख ४२ हजार मूल्य बराबरको सामान चोरी भएको आयातकर्ताको दाबी छ । अर्को इएससियू २००२२४८ नम्बरको कन्टेनरको सामान परीक्षण गर्न बाँकी छ । दुबईको जेडएएफ सिओएमएम एलएलसी सप्लायर्सले ग्वाटेमालाबाट गत १७ अगस्त २०२३ मा नेपालको लागि पानीजहाजमा पठाएको थियो । एक कन्टेनरमा आठ टनको हिसाबले कुल ६४ टन सुकुमेल आएको थियोे ।

आयातकर्ता कम्पनीका प्रतिनिधि बरालका अनुसार सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिकै कामदारको मिलेमतोमा सामान चोरी भएकोले क्षतिपूर्तिको लागि सो कम्पनीसँग माग गरिएको बताए । उनले यसअघि पनि सुक्खा बन्दरगाह भन्सारबाट प्रिस्टिन भ्यालीका कर्मचारीकै संलग्नतामा १० वटा कन्टेनर चोरी भएको घटना सार्वजनिक भएको र सो घटनापछि अहिले यो घटना घटेको बताए ।

यार्डभित्र दुई महीनादेखि होल्ड भएको कन्टेनरको डिजिटल सिल तोडेर सामान चोर्नु निकै डरलाग्दो कुरा भएको वीरगंज भन्सार क्लियरिङ एजेन्ट सङ्घले जनाएको छ । यसगरी, चार वर्षअघि हिमालयन टर्मिनलले सुक्खा बन्दरगाह सञ्चालन गर्दा सुक्खा बन्दरगाह भन्सारबाट विदेशी मदिरा र टिभी चोरी भएको थियो ।

दक्षिण अमेरिकाको ग्वाटेमालाबाट आयात गरिएको सुकुमेलको एउटा कन्टेनरको प्रतिकिलो खरीद दर साढे १२ अमेरिकी डलरको हिसाबले खरीद मूल्य एक लाख डलर अर्थात् रु एक करोड ३४ लाख परेको छ । सुकुमेल जाँचपासमा २० प्रतिशत भन्सार महसूल, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् रु ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएर सो सामान अड्केको थियो । भन्सार यार्डबाट सामान चोरी भएको घटनाबारे भोलि आइतवार सामान परीक्षण गरी सत्यतथ्य पत्ता लगाउने प्रिस्टिन भ्यालीका कमर्सियल अफिसर विकाश शर्माले बताएका छन् । यस विषयमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीसँग बुझ्दा उनले आज शनिवार बिदा भएकोले आइतवार यसबारेमा बुझेर बताउने बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads