search

spot_img
spot_img

बाख्राको मासु बेच्ने मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक देवान पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका – ७ स्थित मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान रहेका छन् ।
देवानले आफ्नो फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बेचेको गुनासो आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ आरोपमा पक्राउ गरेको हो ।
स्थानीयहरूको गुनासो पश्चात् इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले देवानको फ्रेस हाउसमा पुगेर चेकजाँच गर्दा खसीको मासुको सानो टुक्रासँगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिङ्ग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीका अनुसार देवानले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खसीको लिङ्ग टाँसेर खसीको मासु भनेर बेच्दै आएका थिए । छापा मारी गर्ने क्रममा देवानले गर्दै आइरहेको ठगीको घटना बाहिर आएको हो ।
प्रहरीले बरामद गरेका मासु सहित देवानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads