search

spot_img
spot_img

सिवानटोलमा महाबिरी झण्डा मेलामा झडप

५ प्रहरी घाइते, अश्रुग्यास, रबरको गोलि चल्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज १७ मंसिर।

वीरगंज महानगरपालिका वडा नं १७ अलौको सिवान टोलमा महाबिरी झण्डा मेलाको अवसरमा आयोजित मेलामा गएराति प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।

मेलामा नाच नचाउने विषयमा झडप हुँदा दर्शक र नेपाली सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा एकजना सर्बसाधारणसहित पाँच जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले राती ११ बजेपछि नाच् नचाउन नपाउने भन्दै अवरोध गरेको थियो। तर पनि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो।

राति १२.३० बजेपछि नचाउने काम नरोकिएको कारण स्थानीय प्रहरीले जिल्ला प्रहरी कार्यालय पसा वटा थप प्रहरी मगाएको पछि नाच हेर्न आएका दर्शकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो।

लाठीचार्ज पछि सो स्थानको अवस्था तनावग्रस्त भएको थियो। नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि ५ जना सुरक्षाकर्मी घाइते भएका थिए। झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवल्दार सुबोध कुमार यादव, प्रहरी जवानद्वय सुभाष चौधरी, रोसन सिंहलगायत ५ जना घाइते भएका छन्।

प्रहरीले भिडलाई तितरवितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले बताए।

घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार घाइते भएका छन् उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ। घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएको दावी गरिएको छ । तर सुरक्षा निकायले उनीमाथि गोलि नचलाएको र भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने अथवा अश्रु ग्याँसको सेलबाट खुट्टा पोलेको हुन सक्ने भनी आशंका गरेको छ।

हरेकवर्ष छठ पर्वको १५ दिनपछि महाबिरी झण्डा मेला दुई देशको गाउ नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर झण्डा मेला लाग्दै आएको छ।

हिजोको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित नाच ल्याइएको थियो। गाउँलेहरुले अबेर रातिसम्म नाच नचाउने योजना बनाएका थिए। घटनाबारे नेपाल र भारतको सुरक्षा निकायले घटनाको छानविन शुरु गरेका छन् । अहिले अवस्था साम्य छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads