search

हिमालयन डिस्टिलरीमा यादवलाई ७ मतले पराजित गर्दै पटेल विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मंसिर । वीरगंज महानगरपालिका–२१पटेलनगरस्थित हिमालयन डिस्टिलरी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) विजयी भएको छ ।
प्रत्येक दुई वर्षमा हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाली काङ्ग्रेसनिकट नेपाल कारखाना श्रमिक सङ्घलाई ७ मतको मतान्तरले पराजित गर्दै एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल विजयी भएको हो ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कुल १८२ मतमध्ये १८२ मत खसेको थियो । खसेको मतमा समग्र उद्योग ट्रेड युनियन नेपालले ९० मत र नेपाल कारखाना श्रमिक सङ्घले ८३ मत प्राप्त गरेका थिए । मतगणनामा ९ मत बदर भएको निर्वाचन सम्बन्धित कार्य गरेको श्रम तथा रोजगार कार्यालय, पर्साले जनाएको छ । निर्वाचनबाट समग्र उद्योग ट्रेड युनियन नेपालका ज्ञानेन्द्र पटेल निर्वाचित भएका हुन् ।
निर्वाचन परिणाम घोषणापछि आयोजित विजयसभामा समग्र उद्योग ट्रेड युनियन नेपाल, पर्साका अध्यक्ष आनन्द थामी, जिफन्ट मधेस प्रदेशका अध्यक्ष कमलेश झा, सचिव मुक्ति चौधरी, प्रदेश उपाध्यक्ष रामतपसी पटेलले बधाई तथा शुभकामना व्यक्त गरे । विजयसभाको सहजीकरण दीपक बाँस्कोटाले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads